मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

प्रत्यारोपित तथा अङ्गदाता र चिकित्सकबीच मैत्रीपूर्ण फुटबल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः विश्व मिर्गाैला दिवस अवसरमा मृर्गौला प्रत्यारोपित तथा अङ्गदाता र चिकित्सकबीच आज मैत्रीपूर्ण फुटबल प्रतियोगिता गरिएको छ ।

स्वास्थ्य अभियान नेपालको आयोजनामा ललितपुरको सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घको मैदानमा ‘मिर्गाैला रोग लागे पनि राम्ररी जिउँ’ भन्ने नाराका साथ भएको प्रतियोगितामा प्रत्यारोपित टोलीले अङ्गदाता टोलीलाई ४–१ गोलले हरायो ।

मिर्गौला प्रत्यारोपित झमकबहादुर श्रेष्ठलाई ट्रफी तथा उत्कृष्ट फुटबलर घोषित र विशेष आचार्यलाई नगद पुरस्कार प्रदान गरियो । मिर्गौला प्रत्यारोपित आचार्यले ह्याट्रिक गरेका थिए ।

उक्त कार्यक्रममा नेपालमा पहिलो पटक ११ वर्षअघि दोस्रो मिर्गौला प्रत्यारोपण गरेका धर्मराज पौडेल, पहिलो कलेजो प्रत्यारोपण गर्ने बलराम नागा, दुई परिवारबीच साटासाट गरी मिर्गौला प्रत्यारोपण गर्ने खेमराज निरौला र विष्णुबाबु श्रेष्ठ, अङ्गदानबाट मिर्गौला प्रत्यारोपण गर्ने मिलन श्रेष्ठ र गोविन्द तिमिल्सिना, उहाँहरुका अङ्गदाता र परिवारलाई विशेष सम्मान गरिएको प्रत्यारोपणविद् डा पुकार चन्द्र श्रेष्ठले जानकारी दिए ।

उनले मिर्गौला प्रत्यारोपण गरेका पनि अन्य मानिस जस्तै स्वच्छ हुन्छन् र भेदभाव गर्न नहुने भन्ने सन्देश दिनका लागि प्रतियोगिता गरिएको जानकारी दिए । प्रत्यारोपणविद् डा श्रेष्ठले प्रत्यारोपित र अङ्गदाताको मनोबल उच्च राखी देशका सातवटै प्रदेशमा प्रत्यारोपण सेवा विस्तार गर्नुपर्ने बताए ।

कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, कालाकार मदनकृष्ण श्रेष्ठ, पूर्वमुख्य सचिव लीलामणि पौडेलले अङ्गदान र प्रत्यारोपणमा व्यापक जनचेतना अभिवृद्धि गर्नुपर्ने आवश्यकता रहेकामा जोड दिए ।
अङ्ग प्रत्यारोपित पनि अरु व्यक्तिसरह स्वस्थ, सक्षम छन् र सबैले अङ्गदान गर्नसके कोही पनि अङ्ग बिग्रिएका (फेल) व्यक्ति अकालमा मृत्युको शिकार बन्न पर्दैन भन्ने सन्देश दिन सन् २०१० बाट नेपालमा हरेक वर्ष प्रत्यारोपण खेलकूदको आयोजना गरिँदै आएको छ । सोही अवसरमा ३२ जनाले अङ्गदानको घोषणा गरेका थिए ।-रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एनपिएलका आठ वटै क्लबका लागि क्रिकेट रङ्गशाला निर्माण गरिदिने प्रधानमन्त्रीको घोषणा
२०८३ मंग्सिर ५, शनिबार
दर्शकदीर्घाको उत्साहपूर्ण साथबीच एनपिएल सम्पन्न
२०८३ मंग्सिर ५, शनिबार
परराष्ट्रमन्त्री खनालसँग जापानी उपविदेशमन्त्री फुजीको शिष्टाचार भेटवार्ता
२०८३ मंग्सिर ५, शनिबार
देश समृद्ध बनाउँदै भ्रष्टाचार अन्त्य गर्ने अभियानमा छु : सभामुख अर्याल
२०८३ मंग्सिर ५, शनिबार
प्रधानमन्त्री शाह आइतबार भारतको राजकीय भ्रमणमा जानुहुँदै
२०८३ मंग्सिर ५, शनिबार
दलको झोला बोक्ने र नेताको चाकडी गर्ने कर्मचारीमाथि कडा कारबाही हुन्छ : गृहमन्त्री गुरुङ
२०८३ मंग्सिर ५, शनिबार
हरेदी दलसँग गठबन्धन बन्ने अभिग्डोर लिबरम्यानको विश्वास
२०८३ मंग्सिर ५, शनिबार