काठमाडौंः काठमाडौैँ मेयर कप एकदिवसीय क्रिकेट प्रतियोगितामा काठमाडौँ मेयर ११ ले सशस्त्र प्रहरी बलको एपिएफ क्लबका सामु जितका लागि १७८ रनको लक्ष्य प्रस्तुत गरेको छ । मुलपानी क्रिकेट मैदानमा एपिएफ क्लबले टस जितेर फिल्डिङ रोजेपछि काठमाडौँ मेयर ११ ले ब्याटिङ गरेको हो ।
यसैगरी कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वाग्मती प्रदेश र त्रिभुवन आर्मी क्लबबीच अर्को खेल भइरहेको छ । वाग्मतीले टस जितेर अहिले ब्याटिङ गरिरहेको छ । वाग्मतीले ४६ ओभरमा सात विकेटको क्षतिमा २४४ रन बनाएको छ ।
वाग्मती प्रदेशबाट खेलिरहेका पारस खड्काले शतकीय पारी खाले । खड्काले १३३ बल खेल्दै ११९ रन बनाए । उनले यस क्रममा दुई छक्का र ११ चौका प्रहार गरे ।-रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया