असार २४, २०८२ मंगलबार July 8, 2025

विद्यालयमा चट्याङ पर्दा एक विद्यार्थीको मृत्यु, दुई जना घाइते

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः लमजुङको एक विद्यालयमा चट्याङ पर्दा एक विद्यार्थीको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । क्व्होलासोंथर गाउँपालिका– ४, भुजुङको त्रिभुवन विद्याश्रम माविमा परेको चट्याङले एक विद्यार्थीको मृत्यु भएको र दुई जना विद्यार्थी मंगलबार घाइते भएको प्रहरीले जनाएको छ ।

चट्याङका कारण उक्त माध्यमिक विद्यालयको कक्षा– १० मा अध्ययनरत सोही गाउँका १८ बर्षीय विनोद विश्वकर्माको मृत्यु भएको हो जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

चट्याङ लागेर गम्भीर घाइते भएका विश्वकर्मालाई उपचारका लागि हेलिकप्टरमार्फत पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारका लागि लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयन प्रवक्ता नन्दमान पुनले बताए । उनका अनुसार दिउँसो ३ बजेर ५० मिनेट जाँदा विद्यालयमा चट्याङ परेको थियो ।

चट्याङबाट गम्भीर घाइते भएका तीन जनालाई थप उपचारका लागि हेलिकप्टरबाट पोखरा पठाइएको थियो । पोखरा वपाइएका घाइतेमा १८ बर्षीय विनोद, १८ बर्षीय छविन्द्र गुरुङ र घाइते भएका अन्दाजी १८ बर्षीय रेशबहादुर गुरुङ थिए । तर बिनोदको बेलुका करिव साँढे ५ बजेको समयमा मृत्यु भएको चिकित्सकले घोषणा गरेको प्रहरी प्रवक्ता पुनले जानकारी दिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया