असार २४, २०८२ मंगलबार July 8, 2025

आफ्नै श्रीमतीको हत्या गरेर प्रहरीलाई फोन गर्ने श्रीमान पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः डडेल्धुरामा आफ्नै श्रीमतीको हत्या आरोपमा एक जना पक्राउ परेका छन् । जिल्लाको नवदुर्गा गाउँपालिका–५ ठाँटाका २९ वर्षीय श्याम साउदले २८ वर्षीय श्रीमती मनिषा साउदको हत्या गरेको आरोप पक्राउ परेका हुन्।

श्यामले काठ चिर्पटले हिर्काएर मनिषाको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको डडेल्धुराका प्रहरी नायब निरीक्षक राजेन्द्रबहादुर चन्दले बताए।

‘शनिबार दिउँसो ३ बजे साउँदले श्रीमतीको हत्या गरेर स्थानीय प्रहरी चौकीमा ७ बजे आँफैले फोन गरेका थिए,’ चन्दले भने, ‘श्रीमतीको हत्या आरोपमा साउँदलाई शनिबार राति नै पक्राउ गरिएको छ।’ श्रीमान् श्रीमतीबीच घरायसी विवाद हुँदा श्रीमानले श्रीमतीको हत्या गरेको प्राराम्भिक अनुसन्धानबाट खुलेको चन्दले बताए।

प्रहरी समक्ष श्यामले आफैं हत्या गरेको स्वीकार गरेका छन्। मृतक मनिषाका एक छोरा र एक छोरी छन्। मृतक मनिषाको शव पोस्टमार्टमका लागि डडेल्धुरा अस्पताल डडेल्धुरामा राखिएको छ। रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पोर्चुगलमा ‘दोस्रो बुढासुब्बा कप’ फुटबल प्रतियोगिता हुने
२०८२ असार २४, मंगलबार
साउनमा पशुपतिनाथको दर्शनमा आउने भक्तजनका लागि महाशिवरात्रिकै जस्तो व्यवस्थापन गर्ने तयारी
२०८२ असार २४, मंगलबार
कुलिङ पिरियड गडबडी : समितिको नेतृत्वमाथि रास्वपाको असन्तुष्टि
२०८२ असार २४, मंगलबार
आज कति पुग्यो तरकारी तथा फलफुलको थोक मूल्य ? (सूचीसहित)
२०८२ असार २४, मंगलबार
आजको मौसम : यी प्रदेशमा भारी बर्षाको सम्भावना
२०८२ असार २४, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
२०८२ असार २४, मंगलबार
आज मंगलबार, गणेश भगवानको दर्शन गर्दै थाहा पाउनुहोस् तपाईंको राशिफल ?
२०८२ असार २४, मंगलबार