श्रावण २८, २०८३ बिहिबार August 13, 2026

आफ्नै श्रीमतीको हत्या गरेर प्रहरीलाई फोन गर्ने श्रीमान पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः डडेल्धुरामा आफ्नै श्रीमतीको हत्या आरोपमा एक जना पक्राउ परेका छन् । जिल्लाको नवदुर्गा गाउँपालिका–५ ठाँटाका २९ वर्षीय श्याम साउदले २८ वर्षीय श्रीमती मनिषा साउदको हत्या गरेको आरोप पक्राउ परेका हुन्।

श्यामले काठ चिर्पटले हिर्काएर मनिषाको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको डडेल्धुराका प्रहरी नायब निरीक्षक राजेन्द्रबहादुर चन्दले बताए।

‘शनिबार दिउँसो ३ बजे साउँदले श्रीमतीको हत्या गरेर स्थानीय प्रहरी चौकीमा ७ बजे आँफैले फोन गरेका थिए,’ चन्दले भने, ‘श्रीमतीको हत्या आरोपमा साउँदलाई शनिबार राति नै पक्राउ गरिएको छ।’ श्रीमान् श्रीमतीबीच घरायसी विवाद हुँदा श्रीमानले श्रीमतीको हत्या गरेको प्राराम्भिक अनुसन्धानबाट खुलेको चन्दले बताए।

प्रहरी समक्ष श्यामले आफैं हत्या गरेको स्वीकार गरेका छन्। मृतक मनिषाका एक छोरा र एक छोरी छन्। मृतक मनिषाको शव पोस्टमार्टमका लागि डडेल्धुरा अस्पताल डडेल्धुरामा राखिएको छ। रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेस संसदीय दलका नेता आङ्देम्बे र चिनियाँ राजदूत माओमिङबीच भेटवार्ता
२०८३ श्रावण २८, बिहिबार
आयुर्वेद चिकित्सा परिषद्को अध्यक्षमा डा ठाकुर नियुक्त
२०८३ श्रावण २८, बिहिबार
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहले दिए राजीनामा
२०८३ श्रावण २८, बिहिबार
दलित समुदायका हक, अधिकार कार्यान्वयन गर्न विधेयक तर्जुमाः मन्त्री गौतम
२०८३ श्रावण २८, बिहिबार
इन्डोनेसियामा डुङ्गामा आगलागी हुँदा एकको मृत्यु, २११ जनाको उद्धार
२०८३ श्रावण २८, बिहिबार
युवा पुस्तालाई परराष्ट्र नीतिको केन्द्रमा जोड्दै सरकार
२०८३ श्रावण २८, बिहिबार
हर्मुज नखुलेको इरानको दाबी
२०८३ श्रावण २८, बिहिबार