असोज ११, २०८३ आइतबार September 27, 2026

शुल्क वृद्धिको विरोधमा विद्यार्थी आन्दोलित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः शुल्क वृद्धिको विरोध गर्दे सुर्खेत एजुकेशन डेभलपमेन्ट एकेडेमी (सेडा) सुर्खेतका विद्यार्थी आन्दोलित भएका छन् ।

सेडाले मनोमानी शुल्क वृद्धि गरेको भन्दै विद्यार्थीहरूले सोमबार दिउँसो कलेज परिसरमा टायर बालेर विरोध प्रदर्शन गरेका हुन् । कलेज प्रशासनले विद्यार्थीसँग अतिरिक्त क्रियाकलाप र कोरोनाको नाममा चर्को असुली गर्दे आइरहेको विद्यार्थीको आरोप छ ।
विद्यार्थीका अनुसार अतिरिक्त क्रियाकलापको नाममा कलेजले प्रति विद्यार्थी वार्षिक १२ हजार देखि १५ हजार रुपैयाँसम्म अतिरिक्त उठाउँदै आएको छ । यसैबिच आजै विद्यार्थी र कलेज व्यवस्थापन समिति बिच भएको छलफल र वार्तापछि प्राथमिक उपचार, सेनेटरी प्याड, ल्याब, पुस्तकालय, रेष्टरुम जस्ता कार्य तत्कालै पुरा गर्ने सम्झौता भएको छ ।
कलेज व्यवस्थापन समितिका अध्यक्ष डिलाराम भण्डारीले विद्यार्थीले उठाएका सबै मागहरू उचित भए पनि कोरोना महामारीका कारणले चालु शैक्षिक सत्रमा अवरुद्ध अतिरिक्त क्रियाकलापहरू तत्कालै सञ्चालन गरिने प्रतिबद्धता जनाउनु भयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन
२०८३ असोज ११, आइतबार
सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण : डा गुणाकर भट्ट
२०८३ असोज ११, आइतबार
‘नेपाली डायस्पोरा आर्थिक रूपान्तरणको महत्वपूर्ण साझेदार’ : परराष्ट्रमन्त्री
२०८३ असोज ११, आइतबार
बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा
२०८३ असोज ११, आइतबार
पर्यटन विकासका लागि अन्तर मन्त्रालय समन्वय आवश्यक छ : मन्त्री पौडेल
२०८३ असोज ११, आइतबार
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा
२०८३ असोज ११, आइतबार
गिवाङको पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार
२०८३ असोज ११, आइतबार