काठमाण्डौंः शुल्क वृद्धिको विरोध गर्दे सुर्खेत एजुकेशन डेभलपमेन्ट एकेडेमी (सेडा) सुर्खेतका विद्यार्थी आन्दोलित भएका छन् ।
सेडाले मनोमानी शुल्क वृद्धि गरेको भन्दै विद्यार्थीहरूले सोमबार दिउँसो कलेज परिसरमा टायर बालेर विरोध प्रदर्शन गरेका हुन् । कलेज प्रशासनले विद्यार्थीसँग अतिरिक्त क्रियाकलाप र कोरोनाको नाममा चर्को असुली गर्दे आइरहेको विद्यार्थीको आरोप छ ।
विद्यार्थीका अनुसार अतिरिक्त क्रियाकलापको नाममा कलेजले प्रति विद्यार्थी वार्षिक १२ हजार देखि १५ हजार रुपैयाँसम्म अतिरिक्त उठाउँदै आएको छ । यसैबिच आजै विद्यार्थी र कलेज व्यवस्थापन समिति बिच भएको छलफल र वार्तापछि प्राथमिक उपचार, सेनेटरी प्याड, ल्याब, पुस्तकालय, रेष्टरुम जस्ता कार्य तत्कालै पुरा गर्ने सम्झौता भएको छ ।
कलेज व्यवस्थापन समितिका अध्यक्ष डिलाराम भण्डारीले विद्यार्थीले उठाएका सबै मागहरू उचित भए पनि कोरोना महामारीका कारणले चालु शैक्षिक सत्रमा अवरुद्ध अतिरिक्त क्रियाकलापहरू तत्कालै सञ्चालन गरिने प्रतिबद्धता जनाउनु भयो ।
प्रतिक्रिया