श्रावण ११, २०८३ सोमबार July 27, 2026

उपचुनाव : स्थानीय तहको उम्मेदवारी दर्ता आज

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । १४ मंसिरमा हुने उपनिर्वाचनका लागि स्थानीय तहमा बुधबार मनोनयन दर्ता हुँदैछ । निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म मनोनयन दर्ता गर्नुपर्ने निर्वाचन आयोगले जनाएको छ ।

स्थानीय तहअन्तर्गत एक नगरप्रमुख, तीन गाउँपालिका अध्यक्ष, एक गाउँपालिका उपाध्यक्ष र ४३ वडाअध्यक्षका लागि उपनिर्वाचन हुने छ ।प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको उपनिर्वाचनका लागि कात्तिक २१ गते नै मनोनयन दर्ता गरिएको थियो । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारहरुलाई निर्वाचन आयोगले चुनाव चिह्नसमेत वितरण गरिसकेको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा तथा स्थानीय तहका लागि मनोनयन दर्ताको मिति अलग–अलग भए पनि मतदान भने सबैको मंसिर १४ गते नै हुनेछ ।

बिभिन्न कारणले रिक्त ५२ पदका लागि मंसिर १४ गते उपनिर्वाचन हुन लागेको हो । ३७ जिल्लामा हुने उपनिर्वाचनबाट प्रतिनिधिसभा सदस्य १, प्रदेशसभा सदस्य ३, स्थानीय तहको प्रमुख १, अध्यक्ष ३, उपाध्यक्ष १ र वडाअध्यक्ष ४३ पदमा जनप्रतिनिधि चुनिने छन् ।

उपनिर्वाचनमा भाग लिने दलहरूको संख्या १०१ छ । तीमध्ये सीके राउतको पार्टीसहित १६ नयाँ दल छन् ।

उपनिर्वाचनका लागि निर्वाचन आयोगले २४७ मतदानस्थल र ५३७ मतदान केन्द्र तोकेको छ । यस्तै मुख्य निर्वाचन अधिकृत ३७ र निर्वाचन अधिकृत ११ जना नियुक्त गरिएको छ ।

स्थानीय तहका उम्मेदवारलाई मनोनयन दर्ता गर्न चाहिने कागजात

(१) नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि ।
(२) सम्बन्धित वडाको मतदाता नामावलीमा नाम समावेश भएको निस्सा (वडा अध्यक्ष पदको लागि) ।
(३) सम्बन्धित गाउँपालिका वा नगरपालिकाको कुनै वडाको मतदाता नामावलीमा नाम समावेश भएको निस्सा (अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुखको लागि) ।(४) राजनीतिक दलले प्रदान गरेको उम्मेदवार मनोनयनको औपचारिकपत्र (राजनीतिक दलको उम्मेदवारको हकमा) ।
(५) स्थानीय तहको अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुखको लागि एक हजार पाँच सय र वडा अध्यक्ष पदको लागि एक हजार रुपैयाँ धरौटी ।
(६) मतदाता नम्बर
(७) सम्पत्ति विवरण
(क) घर संख्या
(ख) घर रहेको स्थान
(ग) जग्गाको विवरण (जिल्ला, गाउँपालिका/नगरपालिका, वडा नं., कि.नं., क्षेत्रफल)
(८) अध्यक्ष/उपाध्यक्ष/प्रमुख/उपप्रमुख/वडाध्यक्षको पदमा उम्मेदवारी दिँदा कुनै लाभको पद वा निर्वाचित पदमा बहालवाला पदाधिकारी भए निजले बहाल रहेको पदबाट राजिनामा दिएको दर्ताको निस्सा ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अव्यवस्थित तार हटाउने कामको प्रगतिबारे दुई मन्त्रीद्वारा अनुगमन
२०८३ श्रावण ११, सोमबार
स्वास्थ्य मन्त्रालयद्वारा नारायणी अस्पतालका सेवा सञ्चालन गर्न अनुरोध
२०८३ श्रावण ११, सोमबार
सरकारी वार्ता टोली र डा. केसीबीच सात बुँदे सहमति, अनशन तोडियो
२०८३ श्रावण ११, सोमबार
नागढुङ्गा सुरुङमार्ग प्रभावित क्षेत्रको खानेपानी व्यवस्थापनमा ११ निर्णय
२०८३ श्रावण ११, सोमबार
सुनसरीका नागरिकलाई संयमित रहन मुख्यमन्त्री कार्कीको आग्रह
२०८३ श्रावण ११, सोमबार
माडी आउन सडक निर्माण हुन्छ : मन्त्री गौतम
२०८३ श्रावण ११, सोमबार
देवानगञ्ज घटनाको वार्ताबाट समाधान खोज्न मानव अधिकार आयोगको अपिल
२०८३ श्रावण ११, सोमबार