श्रावण २९, २०८३ शुक्रबार August 14, 2026

भारतले एकातर्फी रुपमा गरिरहेको तटबन्ध निर्माणको कार्य रोक्न माग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः प्रतिनिधि सभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडुले दार्चुला सदरमुकाम भन्दा पारिपट्टी महाकाली नदिमा भारत सरकारले एकातर्फि रुपमा बनाउदै गरेको तटबन्ध निर्माण कार्य तत्काल रोक्न सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।

सांसद बडुले भारतले महाकाली नदिमा निर्माण गरिरहेको तटबन्धले नेपालको धेरै भूभाग र गाउँ डुवानमा पर्ने भन्दै नेपालको भूमीको रक्षा गर्न माग गर्नुभयो ।संसद बडुले विगतमा नेपाल र भारतबीत भएको सहमति कार्यान्वयन हुनु पर्ने भन्दै अन्तरनष्ट्रिय कानुन, विगतको प्रकृतिक सिमा, संयुक्त बैठकले गरेको निणर्य विपरित जानबाट भारतलाई रोक्नु पर्ने बताउनु भयो ।

उहाँले प्राकृतिक नियम विपरित खोलको धार परिवर्तन गरेर नेपाल तर्फ फर्किने गरी तटबन्ध निर्माण भइरहेको र यसले नेपाल तर्फका विभिन्न गाउँ बस्तीको अस्तित्व नै समाप्त पर्ने अवस्था देखिएको बताउनुभयो ।सांसद बडुले नेपालको भूमिलाई डुवान हनेगरी भारतले गरिरहेको तटबन्ध निर्माण कार्य रोक्न सरकारले गरिरहेको पहलबारे संसदमा जारकारी गराउन माग समेत गर्नु भयो ।

बैठकको शुन्य समयमा सांसदहरुले कोरोना रोकथाम, सरकारले संसदलाई विजनेश विहिन भएको लगायतका समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनु भयो ।सांसदहरुले कोरोना भाइरस नयाँ रुपमा आएकाले स्वस्थ्य मन्त्रालय नागरिकप्रति गम्भिर बन्नुपर्ने, कोरोनाको कारण देखाउदै किड्निीको डायलासिसमा प्रभाव परेको विषयमा सरकारको ध्यानाकर्षण गराउनु भयो ।

सांसदहरुले बर्दिया जिल्लामा सिमानामा र नेपालको भूमि अतिक्रमण भएको, मध्यपहाडी लोकमार्ग निर्माणको कामलाई तीव्रता दिनु पर्ने, सरकारले लगानी गरेर बनाएको ठेक्काहरु अलपत्र परेको लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दीर्घकालीन सहकार्यबारे युएनएफपिएसँग स्वास्थ्यमन्त्रीको छलफल
२०८३ श्रावण २९, शुक्रबार
काठमाडौं विश्वविद्यालयका उपकुलपतिमा विवेक बराल नियुक्त
२०८३ श्रावण २९, शुक्रबार
मुग्लिन–मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम
२०८३ श्रावण २९, शुक्रबार
नेकपा नेता पुनले भेट प्रधानमन्त्री शाह, राेल्पा पहिराेबारे गराए ध्यानाकर्षण
२०८३ श्रावण २९, शुक्रबार
स्वदेशकै श्रमबजारलाई आकर्षक बनाउनुपर्छः मन्त्री यादव
२०८३ श्रावण २९, शुक्रबार
‘कांग्रेस एकजुट बनाउन राष्ट्रिय भेला’ : पूर्वमहामन्त्री कोइराला
२०८३ श्रावण २९, शुक्रबार
सुदूरपश्चिमका मुख्यमन्त्री र एमालेका चार मन्त्रीले लिए शपथ
२०८३ श्रावण २९, शुक्रबार