मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

फिफाका पूर्व अध्यक्ष सेप ब्लाटरलाई थप ६ वर्ष बढीको प्रतिबन्ध

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः विश्व फुटबलको सर्वोच्च निकाय फिफाका पूर्व अध्यक्ष सेप ब्लाटरलाई थप ६ वर्ष बढीको प्रतिबन्ध लागेको छ ।

फिफाले बुधवार पूर्व अध्यक्ष ब्लाटरलाई थप ६ वर्ष ८ महिनाको प्रतिबन्ध लगाएको हो ।
फिफाले संस्थाको विभिन्न आचारसंहिता उल्लङ्घन गरेको भन्दै प्रतिबन्ध गरिएको जनाएको छ । यस अघि सन् २०१५ मा फिफाले ब्लाटरलाई ८ वर्षको प्रतिबन्ध लगाएको थियो । फिफा अध्यक्ष रहँदा संस्थाको आचार संहिता विपरीत कार्य गरेको आरोप रहेको छ ।
स्विजरल्याण्डका ब्लाटर सन् १९९८ देखि २०१५ सम्म फिफाका अध्यक्ष थिए । फिफाले ब्लाटरसँगै पूर्व महासचिव जेरोमी भाल्केलाई पनि ६ वर्ष ८ महिनाको प्रतिबन्ध लगाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एनपिएलका आठ वटै क्लबका लागि क्रिकेट रङ्गशाला निर्माण गरिदिने प्रधानमन्त्रीको घोषणा
२०८३ मंग्सिर ५, शनिबार
दर्शकदीर्घाको उत्साहपूर्ण साथबीच एनपिएल सम्पन्न
२०८३ मंग्सिर ५, शनिबार
परराष्ट्रमन्त्री खनालसँग जापानी उपविदेशमन्त्री फुजीको शिष्टाचार भेटवार्ता
२०८३ मंग्सिर ५, शनिबार
देश समृद्ध बनाउँदै भ्रष्टाचार अन्त्य गर्ने अभियानमा छु : सभामुख अर्याल
२०८३ मंग्सिर ५, शनिबार
प्रधानमन्त्री शाह आइतबार भारतको राजकीय भ्रमणमा जानुहुँदै
२०८३ मंग्सिर ५, शनिबार
दलको झोला बोक्ने र नेताको चाकडी गर्ने कर्मचारीमाथि कडा कारबाही हुन्छ : गृहमन्त्री गुरुङ
२०८३ मंग्सिर ५, शनिबार
हरेदी दलसँग गठबन्धन बन्ने अभिग्डोर लिबरम्यानको विश्वास
२०८३ मंग्सिर ५, शनिबार