असार २३, २०८२ सोमबार July 7, 2025

सांसदलाई पर्यटनमन्त्रीको जवाफ : एयरपोर्टमा भीआईपी सुविधा नपाउँदैमा सानो भइँदैन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले त्रिभुवन विमानस्थलको भीआईपी कक्ष प्रयोग गर्न नपाउँदैमा सानो नठान्न सांसदहरुलाई आग्रह गरेका छन् ।

बुधबार प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिमा उनले भीआईपी कक्ष प्रयोग गर्न नपाउँदैमा सानो नठान्न आग्रह गरेका छन ।

बैठकमा सांसदहरुले विमानस्थलका सुरक्षाकर्मी र कर्मचारीले सांसदलाई नचिनेर चेक गर्ने, कडा बोल्ने, मर्यादा नगर्ने गरेको भन्दै पर्यटनमन्त्रीसँग गुनासो गरेका थिए ।

जवाफमा मन्त्री भट्टराईले भीआईपी कक्ष प्रयोगलाई प्रतिष्ठासँग जोड्न नहुने आग्रह गरेका थिए । म मन्त्री हुनुअगाडि त्रिभुवन विमानस्थलमा कहिले पनि भीआईपी मार्ग प्रयोग गरिन, सधैं सामान्य नागरिकसरह यात्रा गरेँ, त्यसरी यात्रा गर्दा सानो भइदैन’ उनले भने ।

भीआईपी सुविधा प्रयोगका लागि मापदण्ड रहेको भन्दै मन्त्री भट्टराईले त्यसलाई पालना गर्न आग्रह गरेका छन । मापदण्डमा कसले कति जना सम्म आफन्त लैजाने भन्ने प्रष्ट छ, त्यसलाई पालना गरौ उनले भने, मापदण्ड विपरीत गर्न खोज्दा कर्मचारीलाई धम्क्याउने, जागिर खाइदिन्छु भन्दै थर्काउने प्रचलन छ, यस्तो नगरौं । भीआईपीले आफ्नो चेतना बढाएको अवस्था मात्र पनि धेरै समस्या समाधान हुने मन्त्री भट्टराईले बताएका छन ।

छलफलमा सांसदहरुले विमानस्थलमा विद्यमान समस्या, नेपाल वायुसेवा निगमको सुधार, बन्दै गरेका विमानस्थल पूर्वाधार, उडान अवतरणमा भइरहेको डिले जस्ता विषयमा सरकारको धारणा मागेका थिए । पर्यटन मन्त्रालयका सचिब केदारबहादुर अधिकारीले पूर्वाधार निर्माणका काम जारी रहेका कारण केही समय सास्ती हुने उल्लेख गरेका छन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार