असार २४, २०८२ मंगलबार July 8, 2025

विद्यार्थीमा भाइरल ज्वरोको संक्रमण फैलिएपछि विद्यालय बन्द

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः भाइरल ज्वरो फैलिन थाले पछि बझाङमा विद्यालय बन्द भएका छन् । विद्यार्थीबाट सुरु भएको भाइरल ज्वरोको समुदायस्तरमा पनि देखिन थालेपछि विद्यालय बन्द भएका हुन । वित्थडचिर गाउँपालिका–५ मा रहेको भूमिराज आधारभूत विद्यालयका विद्यार्थीहरूमा सुरुमा भाइरल ज्वरो देखिएको थियो ।

गत मंगलबार एक–दुई जनामा देखिएको ज्वरो पछि सबै विद्यार्थी देखापरेको हो । विद्यार्थीमा भाइरल ज्वरोको संक्रमण तीव्ररूपमा फैलिएपछि विद्यालय बन्द गर्नुपरेको हो ।

विद्यार्थीमा ज्वरो आउने, टाउको दुख्ने, बेहोस हुने, चिच्याउने, खान मन नलाग्ने जस्ता समस्या देखिएका छन् । विद्यालयमा ३५ जनालाई एकैदिन यो लक्षण देखिएपछि एक हप्ता अघि गाउँपालिकाकै सुनकुडा माविका विद्यार्थीमा पनि भाइरल ज्वरोको लक्षण देखापरेको थियो ।

मौसममा आएको परिवर्तनसँगै विद्यार्थी मात्र नभएर गाउँपालिकाको समुदायस्तरमा पनि ज्वरोका विरामी बढेको वित्थडचिर गाउँपालिकाका स्वास्थ्य शाखाले जानकारी दिएको छ । खबर एजुकेशन

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया