असोज ११, २०८३ आइतबार September 27, 2026

विद्यार्थीमा भाइरल ज्वरोको संक्रमण फैलिएपछि विद्यालय बन्द

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः भाइरल ज्वरो फैलिन थाले पछि बझाङमा विद्यालय बन्द भएका छन् । विद्यार्थीबाट सुरु भएको भाइरल ज्वरोको समुदायस्तरमा पनि देखिन थालेपछि विद्यालय बन्द भएका हुन । वित्थडचिर गाउँपालिका–५ मा रहेको भूमिराज आधारभूत विद्यालयका विद्यार्थीहरूमा सुरुमा भाइरल ज्वरो देखिएको थियो ।

गत मंगलबार एक–दुई जनामा देखिएको ज्वरो पछि सबै विद्यार्थी देखापरेको हो । विद्यार्थीमा भाइरल ज्वरोको संक्रमण तीव्ररूपमा फैलिएपछि विद्यालय बन्द गर्नुपरेको हो ।

विद्यार्थीमा ज्वरो आउने, टाउको दुख्ने, बेहोस हुने, चिच्याउने, खान मन नलाग्ने जस्ता समस्या देखिएका छन् । विद्यालयमा ३५ जनालाई एकैदिन यो लक्षण देखिएपछि एक हप्ता अघि गाउँपालिकाकै सुनकुडा माविका विद्यार्थीमा पनि भाइरल ज्वरोको लक्षण देखापरेको थियो ।

मौसममा आएको परिवर्तनसँगै विद्यार्थी मात्र नभएर गाउँपालिकाको समुदायस्तरमा पनि ज्वरोका विरामी बढेको वित्थडचिर गाउँपालिकाका स्वास्थ्य शाखाले जानकारी दिएको छ । खबर एजुकेशन

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन
२०८३ असोज ११, आइतबार
सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण : डा गुणाकर भट्ट
२०८३ असोज ११, आइतबार
‘नेपाली डायस्पोरा आर्थिक रूपान्तरणको महत्वपूर्ण साझेदार’ : परराष्ट्रमन्त्री
२०८३ असोज ११, आइतबार
बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा
२०८३ असोज ११, आइतबार
पर्यटन विकासका लागि अन्तर मन्त्रालय समन्वय आवश्यक छ : मन्त्री पौडेल
२०८३ असोज ११, आइतबार
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा
२०८३ असोज ११, आइतबार
गिवाङको पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार
२०८३ असोज ११, आइतबार