असार २४, २०८२ मंगलबार July 8, 2025

इतिहासमै पहिलोपटक ‘उसु अवार्ड-२०७७’ भक्तपुरमा आयोजना हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेपालको खेलकूद इतिहासमै पहिलोपटक ‘उसु अवार्ड-२०७७’ भक्तपुरमा आयोजना हुने भएको छ । उसु खेलको विकास र उसु खेलाडीप्रति सम्मान एवं प्रोत्साहन गर्ने उद्देश्यले नागरिक विकास वचत तथा ऋण सहकारी संस्था लि कौशलटार र यो यो बेङ्क्वेट सूर्यविनायकको प्रायोजनमा सो अवार्ड प्रदान गरिने भएको हो ।

जिल्ला खेलकूद विकास समिति भक्तपुरको पहल एवं नेपाल उसु स्वयंसेवक प्रशिक्षक कमिटीको आयोजनामा आगामी २१ गते शनिबार यो यो बेङ्क्वेटमा एक समारोहबीच पहिलो ‘उसु अवार्ड–२०७७’ प्रदान गरिने भक्तपुर जिल्ला खेलकूद विकास समितिका अध्यक्ष एवं यो यो बेङ्क्वेटका सञ्चालक श्रीभक्त कासिछ्वाले जानकारी दिनुभयो । उसु अवार्ड वितरणका लागि नागरिक विकास वचत तथा ऋण सहकारी संस्था लिका अध्यक्ष नुनम सुब्बा, भक्तपुर जिल्ला खेलकूद विकास समितिका अध्यक्ष कासिछ्वा र अवार्ड संयोजक राजीव महर्जनले सम्झौतापत्रमा हस्ताक्षर गरी आदानप्रदान गर्नुभएको छ ।

कूल पाँच लाख ६० हजारको अवार्ड वितरण कार्यक्रममा नागरिक विकासले नगद पुरस्कारका लागि आवश्यक रकम र योयो बेङ्क्वेटले कार्यक्रम व्यवस्थापनमा लाग्ने सम्पूर्ण खर्च व्यहोर्ने गरी प्रायोजन गरिएको कासिछ्वाले बताउनुभयो । कार्यक्रममा छ खेलाडीलाई नगदसहित अवार्ड वितरण गरेर सम्मान गरिने भएको छ । उसुको सान्सौं र थाउलोतर्फ समान एक–एक, पुरुष–महिला गरी चार खेलाडीलाई नगदसहित अवार्ड प्रदान गरिने छ । उदीयमान खेलाडीका रुपमा एक–एक पुरुष-महिला गरी दुई खेलाडीलाई अवार्ड र नगदबाट पुरस्कृत गरिने भएको छ ।

आठौँ राष्ट्रिय खेलकूद र १३ औँ दक्षिण एशियाली खेलकूद (साग) को प्रदर्शनलाई आधार मानी खेलाडी छनोट गरिने अवार्ड वितरण कार्यक्रमका संयोजक महर्जनले जानकारी दिनुभयो । उसु खेलको विकास र विस्तारमा लामो समयदेखि संलग्न रहेर योगदान पुर्याउने एकलाई ‘लाइभ टाइम एचिभ्मेन्ट’ अवार्डबाट सम्मान गरिने भएको छ भने विगत १० वर्षदेखि उसु प्रशिक्षका रूपमा सेवा गरिरहेका प्रशिक्षकलाई पनि प्रशंसापत्रबाट सम्मान गरिने भएको छ ।

नेपालमै पहिलोपटक भक्तपुरबाट उसु अवार्ड वितरणको शुरुआत गर्न पाउँदा सिङ्गो भक्तपुरवासीका लागि खुशी र गौरवको कुरा भएको भन्दै समितिका अध्यक्ष एवं योयोका सञ्चालक कासिछ्वाले अवार्ड वितरण कार्यक्रम भव्य बनाउने बताउनुभयो । पुरस्कारको मुख्य प्रायोजक नागरिक विकासका अध्यक्ष सुब्बाले उसुका खेलाडीलाई प्रदान गरिने यो अवार्डसँग जोडिन पाउँदा खुसी लागेको उल्लेख गर्दै अवार्डको शुरुआतले खेलाडीको मनोबल बढाउनुका साथै देशको शान उच्च बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको बताउनुभयो ।

अवार्ड वितरणमा सहयोगात्मक भूमिका निर्वाह गर्नुभएका हिमाल साकोसका अध्यक्ष विज्ञान राईले भक्तपुरमा कुनै पनि खेलकूदको विकास एवं प्रतियोगितामा यो समूहले आर्थिक तथा भौतिकरूपमा निरन्तर सहयोग गर्दै आएको र उसुको विकासमा पनि थप सहयोग गर्ने बताउनुभयो । त्यस्तै भोलियन्टर उसु कमिटीका अध्यक्ष मन्जुर महर्जनले अवार्डपछि राष्ट्रियस्तरको उसु प्रतियोगिता आयोजना गर्दै भोलियन्टर उसु कोच कमिटीका रूपमा विकास गर्दै लैजाने लक्ष्य रहेको बताउनुभयो ।

अवार्डमा प्रदान गरिने ट्रफी बुधबार सार्वजनिक गरिएको छ । नागरिक विकासका अध्यक्ष सुब्बा, यो योका सञ्चालक कासिछ्वा, अवार्ड संयोजक महर्जन र हिमाल साकोसका अध्यक्ष राईले संयुक्तरुपमा ट्रफी अनावरण गर्नुभएको हो ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पोर्चुगलमा ‘दोस्रो बुढासुब्बा कप’ फुटबल प्रतियोगिता हुने
२०८२ असार २४, मंगलबार
साउनमा पशुपतिनाथको दर्शनमा आउने भक्तजनका लागि महाशिवरात्रिकै जस्तो व्यवस्थापन गर्ने तयारी
२०८२ असार २४, मंगलबार
कुलिङ पिरियड गडबडी : समितिको नेतृत्वमाथि रास्वपाको असन्तुष्टि
२०८२ असार २४, मंगलबार
आजको मौसम : यी प्रदेशमा भारी बर्षाको सम्भावना
२०८२ असार २४, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
२०८२ असार २४, मंगलबार
आज मंगलबार, गणेश भगवानको दर्शन गर्दै थाहा पाउनुहोस् तपाईंको राशिफल ?
२०८२ असार २४, मंगलबार
स्वास्थ्य उपचार र न्यायिक उपचारमा उल्झन
२०८२ असार २४, मंगलबार