काठमाण्डौंः नुवाकोटे टाइगर र डेविडबीच दोस्रो राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगिताको उपाधि भिडन्त पक्का भएको छ । शुक्रबार पोखरा रगंशालाको बहुउद्देशीय कभर्ड हलमा भएको ह्याबी वयटको प्रतिस्पर्धामा टाइगरले चट्टानमाथि पावर बम प्रयोग गरेर पछारेको अवस्थामा रिङमाथिबाट जम्प गदै एल्बो ड्याबको प्रयोग गरेपछि चट्टानले रेफ्रीको ३ काउन्टमा प्रतिकार गर्न नसक्दा पराजय बेहोरेका थिए । डेबिडले आफ्ना प्रतिद्वन्द्वी साइनलाई पराजित गर्न निकै पसिना बगाउनुपरेको थियो ।
साइनले डेविडलाई लगभग पराजित गरिसकेको अवस्थामा रेफ्रीको ३ काउन्टलाई प्रतिकार गदै खेलमा फर्किए थिए । अन्तिम समयमा डेविडले साइनमाथि सिल्जर टेक्निकको प्रयोग गदै जित निकालेका थिए । लाइट वयटको खेलमा एक्स हिरोले जे वल्डलाई पराजित ग-यो ।
३ फिट ९ इन्च मात्र उचाइ भएका एक्स हिरोले ५ फिट ५ इन्च भएका जे वल्डलाई हराउन नसक्ने आएको बेला टुपी ग्याङले जे वल्डको ध्यान भङ गरेको अवस्थामा रिङमा ढलेका एक्स हिरोले उठेर पछाडिबाट पल्टाएर दुवै खुट्टमा लक लगाई पराजित गरेका थिए ।
ठगु र द युगबीचको हाडकोट (खतरनाक) खेल भएको थियो । युगले फलामको चेनद्वारा ढाडमा प्रहार गरेपछि प्रतिकारमा उत्रिएका ठगुले टिनको पाताको कुर्सी कुच्याउने गरी टाउकामा पटकपटक प्रहार गरेपछि युग रक्ताम्य भएका थिए । रिङबाहिर धराशायी हुने गरी पिटेर रिङमा ल्याएपछि रेफ्रीले ३ काउन्ट गर्दा युगले प्रतिकार गरेका थिए । घाइते भएका युगले पुनः खेलमा फर्कंदै ठगुलाई धराशायी बनाएर ३ काउन्टर गरेका अवस्थामा ठगुको पाटनरले रेफ्रीलाई नै तानेर पछारेका थिए ।
त्यसपछि रिङमा युगका पाटनर पनि आएपछि ठगु टोली रिङबाट बाहिरिएको थियो । सो खेल पुनः शनिबार हुनेछ महिलाहरूको त्रिकोणीय खेलमा दिलासाले बाजी मारिन् । तनु र डेनिका मिलेर दिलासालाई पिटेर धराशायी बनाउँदै रिङ बाहिर पठाएका थिए । त्यसपछि तनु र डेनिकाबीच कडा प्रतिस्पर्धा भएर थकित भएको अवस्थामा ७ मिनेटपश्चात् रिङमा प्रवेश गरेकी दिलसाले दुवैलाई हराएकी थिइन् ।
नेपाल रिङ रेस्लिङ संघको आयोजनामा सञ्चालन भएका दुईदिने रिङ रेस्लिङ प्रतियोगिताको युवा तथा खेलकुदमन्त्री दावा तामाङ र राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव रमेशकुमार सिलवालले उद्घाटन गरेका थिए । राखेप सदस्यसमेत रहेकी आयोजक संघकी महासचिव सुवर्ण श्रेष्ठले उद्घाटन समारोहको अध्यक्षता गरेकी थिइन् ।
सो अवसरमा राखेप कार्यकारी सदस्य एकेन्द्र कुवँर, सदस्य पुरेन्द्रविक्रम लाखे, हरि खड्का, राजेश गुरुङ, सम्पन्न श्रेष्ठ, गण्डकी प्रदेशका खेलकुद् परिषद्का सदस्य सचिव तेज गुरुङलगायतको उपस्थिति रहेको थियो । राजधानी
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया