असार २४, २०८२ मंगलबार July 8, 2025

त्रिकोणात्मक ट्वेन्टी–ट्वेन्टी क्रिकेट श्रृंखलाका लागि आजदेखि बन्द प्रशिक्षण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः त्रिकोणात्मक ट्वेन्टी–ट्वेन्टी क्रिकेट श्रृंखलाका लागि खेलाडीको बन्द प्रशिक्षण आजदेखि शुरु भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले बन्द प्रशिक्षणमा २० जना खेलाडीलाई बोलाएको छ । कीर्तिपुरको त्रिवी क्रिकेट मैदानमा नेपाल, मलेसिया र नेदरल्याण्ड्सबीचको ट्वेन्टी-ट्वेन्टी श्रृंखला आगामी वैशाख चारदेखि ११ गतेसम्म हुनेछ ।

डबल राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताका शीर्ष दुई टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ ।

मुख्य प्रशिक्षक डेभ ह्वाटमोरको बन्द प्रशिक्षणमा ज्ञानेन्द्र मल्ल, पारस खड्का, दिपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, अविनाश बोहरा, आरिफ शेख, आशिष शेख, कुशल भुर्तेल, कुशल मल्ल, लोकेश बम, कमलसिंह ऐरी, सुशन भारी, साहब आलम, सन्दीप जोरा, विक्रम सोब, पवन सर्राफ र ललित राजवंशी रहेका छन् ।

यही खेलाडीको सूचीबाट क्यानले अन्तिम नामावली सार्वजनिक गर्नेछ । प्रतियोगिताको हिमालय टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्नेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पोर्चुगलमा ‘दोस्रो बुढासुब्बा कप’ फुटबल प्रतियोगिता हुने
२०८२ असार २४, मंगलबार
साउनमा पशुपतिनाथको दर्शनमा आउने भक्तजनका लागि महाशिवरात्रिकै जस्तो व्यवस्थापन गर्ने तयारी
२०८२ असार २४, मंगलबार
कुलिङ पिरियड गडबडी : समितिको नेतृत्वमाथि रास्वपाको असन्तुष्टि
२०८२ असार २४, मंगलबार
आजको मौसम : यी प्रदेशमा भारी बर्षाको सम्भावना
२०८२ असार २४, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
२०८२ असार २४, मंगलबार
आज मंगलबार, गणेश भगवानको दर्शन गर्दै थाहा पाउनुहोस् तपाईंको राशिफल ?
२०८२ असार २४, मंगलबार
स्वास्थ्य उपचार र न्यायिक उपचारमा उल्झन
२०८२ असार २४, मंगलबार