असार २४, २०८२ मंगलबार July 8, 2025

मेलम्चीको पानी वितरणः सडक खन्न र मर्मत गर्न सहमति

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः काठमाडौंमा मेलम्चीको पानी वितरणका क्रममा हुनसक्ने चुहावट नियन्त्रण तथा मर्मत गर्ने क्रममा सडक खन्नका लागि काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) र सडक विभागबीच सहमति भएको छ ।

केयूकेएलका प्रमुख कार्यकारी निर्देशक मिलन शाक्यले पानी वितरणको क्रममा पाइप लाइनबाट हुने गरेका चुहावटको नियन्त्रण तथा मर्मतका लागि सडक खन्नुपर्ने भएकाले सोको स्वीकृतिका लागि शुक्रबार केयूकेएल र सडक विभागबीच सहमति भएको जानकारी दिए । चुहावट नियन्त्रणका लागि सडक विभागले स्वीकृति दिएको बताउँदै उनले मर्मतका क्रममा खनिएको सडकलाई सडक विभागले मर्मत गर्ने बताए ।

उनले भने, ‘‘चुहावट नियन्त्रण तथा मर्मतका लागि मौजुदा सूची निर्माण भई निर्माण व्यसायीहरू तयारी अवस्थामा रहेका छन् । त्यसैगरी आवश्यक सामग्रीहरू समेत तयारी अवस्थामा रहेका छन् ।’’

चुहावट तथा मर्मत निरीक्षणका लागि ‘(यापिड रेस्पोन्स टिम’ केयूकेएलको हरेक शाखाबाट परिचालन गरिएको उनले बताए । उपत्यकामा रहेका केयूकेएलका नौवटा शाखाबाट नै ‘ (यापिड रेस्पोन्स टिम’ परिचालन गरिएको छ ।

उहाँका अनुसार चैत १५ देखि पानी वितरण सुरु भएयता ३२० ठाउँमा चुहावट पत्ता लागेकोमा अहिलेसम्म १८६ ठाउँमा मर्मत कार्य सम्पन्न भइसकेको छ ।

बिहानदेखि साँझसम्म पानी वितरण तथा रातमा मर्मत कार्य भइरहेका छन् । अहिलेसम्म पत्ता लागेका मध्ये ५८ प्रतिशत चुहावटको नियन्त्रण तथा मर्मत कार्य सम्पन्न भइसकेको छ । वितरण प्रणालीका पाइपलाइनहरू पुरानो भएको र भूकम्पले पनि पूरा वितरण प्रणालीलाई हल्लाइसकेको हुनाले प्रायः पाइप जोडिएको ठाउँमा चुहावट देखिएको निर्देशक शाक्यले बताए ।

अहिले काठमाडौँ र ललितपुरमा चक्रपथभित्रका अधिकांश ठाउँमा पानी वितरण सुरु गरिएका धेरै ठाउँमा पानी पुगेको छ भने नपुगेका ठाउँमा कसरी पुर्याउन सकिन्छ भनी तयारीमा केयूकेएल जुटेको उनले बताए ।

अहिले आठ करोड लिटर पानी वितरणका लागि तयारी अवस्थामा राखिएको केयूकेएलले जनाएको छ । केयूकेएलले अहिले महाँकाल चौर, अनामनगर, मीनभवन, खुमलटार, पानीपोखरी, महाराजगञ्ज र बालाजु गरी सात पोखरीबाट पानी वितरण गरिरहेका छन् । मेलम्ची आयोजनाबाट दैनिक १७ करोड लिटर पानी आउनेछ । गोरखापत्र दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार