असार २४, २०८२ मंगलबार July 8, 2025

डढेलोले सखाप हुँदै वन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः काठमाडौंको उत्तरतर्फ पर्ने शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा आइतबार डढेलो लाग्दा धेरै वन क्षेत्र सखाप पारेको छ । विगत केही दिनदेखि लाग्दै आएको ढडेलोले मुलुकका अधिकांश क्षेत्रमा ठूलो क्षति पु¥याएको छ तर हरेक वर्ष सचेतनाको कार्यक्रम गर्दै आएको सरकारले रोकथाम तथा नियन्त्रणमा पर्याप्त योजना ल्याउन सकेको छैन भने भएका कार्यक्रम र योजना पनि प्रभावहीन बन्दै आएका छन् ।

आइतबार दिउँसो डढेलो लागेपछि नियन्त्रणका लागि काठमाडौं महानगरपालिका, बूढानीलकण्ठ नगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्रको दमकल निकुञ्ज क्षेत्रमा पुग्यो । दमकलले ढडेलो नियन्त्रण गर्न कठिन भएपछि सेना र सिम्रिक एयरको हेलिकोप्टरले डढेलो नियन्त्रणको प्रयास गरेको महाराजगन्जका डीएसपी रोशन खड्काले जानकारी दिए । सैनिक मुख्यालय प्रमुख सेनानी दीपक भण्डारीका अनुसार सेनाका तीनवटा दमकल र सिम्रिक एयरका समेत गरी दुई हेलिकोप्टर डढेलो नियन्त्रणका लागि पठाइएको र डढेलो लगभग नियन्त्रणमा आएको थियो ।

मनाङका जंगलमा लागेको डढेलो अझै पूर्णनियन्त्रणमा आउन सकेको छैन । नासो गाउँपालिकास्थित दानाक्यु पारी रूखका ठुटामा आगो बलिरहेको देखिन्छ । स्थानीयवासी र अन्नपूर्ण संरक्षण क्षेत्रको पहलमा जिल्ला प्रशासन, नेपाली सेना, सशत्र प्रहरीबल र नेपाल प्रहरीले डढेलो नियन्त्रणमा लिएका थिए । यसका लागि अग्निरेखा तयार गरी आगो आउने क्षेत्रमा आगो लगाएर आगो नियन्त्रण गरिएको थियो । प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले आगो नियन्त्रणमा लिन जिल्लाका सम्पूर्ण संयन्त्र परिचालन गरिएको जानकारी दिए । हिमाली क्षेत्रमा बिरुवा उम्रन समय लाग्छ । उम्रिए जोगाउनै हम्मेहम्मे पर्ने जिल्लामा स्थानीयवासीले दुःख गरेर जोगाएका वनमा आगो लाग्न थालेको डेढ महिना भयो । स्थानीय खान्की नै बोकेर जंगल आगो निभाउन पसेका थिए ।

पातलो बस्ती र सल्लाको वन रहेको नासो गाउँपालिका–८ ताचै गाउँको बस्तीतर्फ आगो फैलिएको थियो । आगोका कारण जिल्लाको आकाश धुवाँको मुस्लोले अझै ढाकेको छ । चामे गाउँपालिका–२ थानचोक पारी वनबाट गत मंसिर ११ गतेदेखि सुरु भएको आगो ताचैसम्म पुगेको थियो । त्रासैत्रासबीच स्थानीय आगो नियन्त्रणमा जुटेका थिए । मानवबस्ती जोखिममा पर्ने अवस्था आएपछि मात्र प्रशासनले सक्रियता देखाएको थियो । वडा नम्बर ८ का वडाध्यक्ष हुपजंग गुरुङले विपद्को समयमा प्रशासनले सहयोग नगर्दा पूरै बस्ती जोखिममा परेको बताए । अहिले बस्ती सुरक्षित छ । ‘वन र वन्यजन्तु जोगाउन सकिएन’, उनले भने । यस वडामा ६५ घरधुरीको चरान क्षेत्र मात्रै नभई घाँस दाउरा र जडीबुटी संकलन क्षेत्रसमेत रहेको उनले जानकारी दिए ।

विगत केही दिनयता तापक्रम बढ्दै जाँदा पश्चिम नेपाल र मध्यतराई तथा केही पहाडी भेगमा डढेलो लागेकाले सतर्क रहन विज्ञले चेतावनी दिएका छन् । डढेलोका कारण वायुप्रदूषण पनि बढेको छ र त्यसबाट जनस्वास्थ्यमा गम्भीर प्रभाव पर्ने चेतावनी पनि दिइएको छ । यस वर्ष नेपालको वन क्षेत्रमा लागेको डढेलो एक दशकयताकै उच्च भएको वन तथा भूसंरक्षण विभागका उपसचिव तथा डढेलोविज्ञ सुन्दरप्रसाद शर्माले बताए । साता दिनमा एकपटक पनि पानी नपरे आगामी दुई महिनासम्म आगलागीको जोखिम उत्तिकै हुने भएकाले जंगलनजिकैका बस्ती थप सचेत बन्नुपर्ने उनले बताए । नेपालमा सामान्यतः चैतदेखि जेठसम्म बढी आगलागी हुने गर्छ ।

एकै दिन ४७ जिल्लाका ४ सय ७९ स्थानमा बिहीबार डढेलो लागेको दक्षिण एसियाली डढेलो नियन्त्रण सञ्जाल संयोजक डढेलोविज्ञ सुन्दरप्रसाद शर्माले जानकारी दिए । उनका अनुसार आइतबार अपराह्नसम्म ४ सयभन्दा बढी स्थानमा डढेलो लागेको जानकारी दिए । राजधानी दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार