असार २४, २०८२ मंगलबार July 8, 2025

नेपालमा पनि फल्यो कालो प्रजातिको गहुँ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सुनसरीको हरिनगर गाउँपालिका–३, गौतमपुरका किसान रामलाल मेहताले नयाँ प्रजातिको गहुँ फलाएका छन् ।

कालो गहुँ सुगर फ्री क्लाक रहेको छ । मेहताले कालो गहुँ त फलाएका छन् तर सुरुमा सुन्दा आफूलाई अचम्म लागेको बताए तर थाहा पाएपछि भारतको इन्दोरमा रहेका साथीबाट गत वैशाखमा १४० केजी कालो गहुँको बीउ ल्याएको उनले बताए ।

कात्तिकमा चार बिघामा छरेर प्रतिबिघा ७० मन उत्पादन गरेको उनले बताए । उनले विश्वभर कालो गहुँको माग बढेको भारतका साथीबाट सुनेर प्रेरित भई आफूले जिल्लामै पहिलो पटक यो गहुँ उत्पादन गरेको बताए । उनका अनुसार केही वर्षअघि भारतका एक किसानले नयाँ अनुसन्धानपछि पत्ता लगाएको कालो गहुँ पहिलो पटक नेपाल ल्याएको हो ।

मध्यप्रदेशका किसान विनोद चौहानले प्रयोगका लागि कालो गहुँको खेती गरेको र हाल भारतको इन्दोरसहित नेपालमा पनि सफल उत्पादन भएको मेहताको भनाइ छ ।

मेहताले कालो गहुँको मागका बारेमा थाहा नभएकाले यसको बजार नभएको तर यसका उपयोगिताबारे थाहा भएपछि बिस्तारै विस्तार हुने बताए । यस पटक उनले चार बिघामा एक क्विन्टल ४० केजी गहुँ छरेका थिए । उनले यस गहुँको बीउ प्रतिकेजी ३६५ रुपियाँमा किनेका थिए । त्यसबाट उनले ११२ क्विन्टल गहुँ उत्पादन गरिसकेका छन् । गोरखापत्र दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार