असार २४, २०८२ मंगलबार July 8, 2025

कोरोना संक्रमणको जोखिम उच्च: सीमानाका खुकुलो, नाकाबाट आएकामा देखिँदै छ संक्रमण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः छिमेकी मुलुक भारतमा कोरोना संक्रमणको दर उच्च गतिमा बढ्दै गर्दा भारततर्फ जोडिएका सीमानाकाबाट आउनेहरूको विवरण राख्ने र उनीहरूको स्वास्थ्य जाँच गर्ने काममा बेवास्ता हुँदै आएको छ । जसका कारण कोरोना संक्रमण दर ह्वात्तै बढ्न थालेको छ ।

हाल मुलुकका उत्तरी र दक्षिणीतर्फ गरी ३५ सीमानाका खुला छन् । तीमध्ये भारततर्फका मात्रै ३२ नाकाबाट सहज आवतजावत हुँदै आएको छ । यतिसम्म कि दैनिक रूपमा के कति संख्यामा ती विभिन्न नाकाबाट मानिस आवतजावत गरिरहेका छन् र उनीहरू कहाँ पुगे भन्ने यकिन तथ्यांक सरकारी निकायसँग छैन ।

गृह मन्त्रालयअन्तर्गतको सीमा तथा अध्यागमन प्रशासन शाखाका प्रमुख परमानन्द घिमिरेले भारतसँग जोडिएका मात्रै ३२ सीमानाका हाल सञ्चालनमा रहेको जानकारी दिए । ती विभिन्न नाका हुँदै नेपाल प्रवेश गर्नेहरूलाई चेकजाँचपछि प्रवेश दिने गरिएको उनले बताए ।

सीमानाका हुँदै आउनेहरूको हेल्प डेस्कमा एन्टिजेन परीक्षण गर्ने व्यवस्था गरिएको छ । तर, हेल्प डेस्कमा जनशक्ति तथा स्रोतसाधनको पर्याप्त व्यवस्था हुन नसक्दा अधिकांश नेपाली परीक्षणबिना नै निर्बाध रूपमा नाकाबाट भित्रिने गरेका छन् । नाकाबाट भित्रिनेमध्ये केहीको मात्र परीक्षण गर्ने गरिएको छ ।

धनगढीबाट प्राप्त विवरणअनुसार ३ चैतयता मंगलबारसम्म भारतबाट आएका करिब २० हजार नेपालीमध्ये करिब ४ हजारको मात्रै एन्टिजेन परीक्षण गरिएको छ । त्यसमध्ये ४ सय ७८ जनालाई कोरोना संक्रमण भएको पाइएको छ ।

सरकारले कोरोना संक्रमणको गति सामान्य हुँदै गएपछि गत ११ माघमा बसेको मन्त्रिपरिषद् बैठकमार्फत सुरुमा १४ वटा नाका खुला गरेको थियो । पछि थप १६ नाका खुला गर्दै ३० वटा नाका खुला गरेको थियो । त्यसबाहेक दार्चुलाका झुलुंगे पुलबाट आवतवाजत गर्ने गरिएको केही नाकासमेत खुला अवस्थामा छन् । राजधानी दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार