असार २४, २०८२ मंगलबार July 8, 2025

औद्योगिक कोरिडोरमा सुरक्षा बल पुनःस्थापनाको माग गर्दै गृहमा पत्राचार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः बारा र पर्साका उद्योगीहरूले औद्योगिक सुरक्षा बल पुनःस्थापनाको माग गरेका छन् । मुख्य औद्योगिक कोरिडोरका उद्योग प्रतिष्ठानहरूको सुरक्षाका लागि दशकअघि स्थापना गरिएको सशस्त्र प्रहरीको औद्योगिक सुरक्षा बल हालै हटाइएपछि उद्योगीहरूले यस्तो माग गरेका हुन् ।

वीरगञ्ज उद्योग वाणिज्य संघले गृह मन्त्रालयलाई पत्र लेखेर औद्योगिक कोरिडोरमा सुरक्षा बललाई निरन्तरता दिन आग्रह गरेको हो । औद्योगिक शान्ति बहालीमा सुरक्षा बलले उदाहरणीय काम गरेकोमा यो संरचना हटाइएपछि उद्यमीहरूले असुरक्षा महसूस गरेको संघका अध्यक्ष सुबोधकुमार गुप्ताले बताए ।

विगतमा विभिन्न उद्योगमा उत्पादन बन्द गर्ने, गेट रोक्ने, आवागमनमा अवरोध पुर्‍याउने, रोजगारदातालाई अभद्र व्यवहार र धाकधम्कीजस्ता गतिविधिको समाधानमा औद्योगिक सुरक्षा बलले निकै राम्रो काम गरेको अध्यक्ष गुप्ताले बताए । ‘सुरक्षा बलका कारण उद्यमीले उद्योग र आफूलाई सुरक्षित महसूस गरेका थिए । अहिले सुरक्षाको संयन्त्र हटाइएपछि उद्यमीहरूमा असुरक्षाको अनुभूति भइरहेको छ,’ गुप्ताले भने ।

संघका उपाध्यक्ष हरि गौतम विगतमा औद्योगिक प्रतिष्ठानमा हुने हुलदंगा, उत्पादनमा अवरोध र रोजगारदातामाथि दुर्व्यवहारजस्ता गतिबिधिबाट आजित भएका उद्यमीले औद्योगिक सुरक्षा बल सक्रिय भएपछि राहत पाएको स्मरण गर्छन् । औद्योगिक कोरिडोरको सुरक्षामा प्रभावकारी काम गरिरहेको सशस्त्र प्रहरीलाई अहिले गण र गुल्ममा तानिएपछि औद्योगिक कोरिडोरहरू सुरक्षाविहीन भएका छन्,’ उपाध्यक्ष गौतमले आर्थिक अभियानसित भने ।

सरकारले वीरगञ्ज, विराटनगर, भैरहवा र नेपालगञ्जका उद्योग प्रतिष्ठानको सुरक्षाका लागि ती स्थानमा सशस्त्र प्रहरीको बेग्लै युनिट खटाएको थियो । बाराको परवानीपुरमा १६५ जनाको सुरक्षा बल स्थापना गरिएको थियो । अभियान

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार