असार २४, २०८२ मंगलबार July 8, 2025

सरकार निर्माणका लागि दौडधूप तीव्र, अलमलमा जसपा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सरकार निर्माणका लागि नेताहरूको दौडधूप भइरहेका बेला जनता समाजवादी पार्टी (जसपा)का नेताहरू अलमलमा छन् । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससँग समानान्तर रूपमा जसपा नेता छलफलमा भए पनि कोसँग सत्ता सहकार्य गर्ने भन्ने निर्णय अझै गर्न सकेका छैनन् ।

जसपा कार्यकारिणी समितिका सदस्य लक्ष्मणलाल कर्णले कोसँग मिलेर सरकार निर्माण गर्ने भन्ने विषयमा निर्णय गर्न अहिले आवश्यक नै नभएको बताए । सबै राजनीतिक दलसँग सरकार निर्माणका लागि छलफल भइरहेको बताउँदै उनले आवश्यक समयमा सही निर्णय पार्टीले गर्ने बताए ।

‘हाम्रा लागि सबै समान छन् । कसैसँग दोस्ती र कसैसँग दुस्मनी छैन । अहिले नै सरकार निर्माण गर्ने विषयमा निर्णय गर्ने समय भएको छैन,’ कर्णले राजधानीसँग भने, ‘हामी सबै पक्षसँग छलफल गरिरहेका छौं । हाम्रा माग सम्बोधन गर्ने पक्षसँगै हामीले सहकार्य गर्ने हो ।’

मंगलबार बस्ने भनिएको जसपा पदाधिकारी बैठक स्थगित भएको छ । जसपा वरिष्ठ नेता राजेन्द्र महतो जनकपुरधाममा पार्टी कार्यका लागि पुगेकाले बैठक बस्न नसकेको हो । महतो काठमाडौं आएपछि पदाधिकारी बैठक बस्ने कर्णले बताए ।

यसअघि बसेको जसपा पदाधिकारी बैठकले एमाले वा कांग्रेस कोसँग सत्ता सहकार्य गर्ने भन्ने विषयमा निर्णय गर्न सकेन । अहिले पनि जसपा नेता एमाले र कांग्रेस दुवै दलका नेतासँग सत्ता सहकार्यका लागि आन्तरिक छलफलमा रहेका छन् ।

जसपा स्रोतका अनुसार अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता महतो प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वकै सरकारमा सहभागी हुनुपर्ने अडानमा रहेका छन् । तर, जसपा संघीय परिषद्का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव ओलीइतरको सरकारमा सहभागी हुनुपर्ने अडान राख्दै आएका छन् ।

जेलमा रहेका सांसद रेशम चौधरीको रिहाइ, झुटा मुद्दा फिर्ता, संविधान संशोधन, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, नागरिकतालगायतका मागमा जसपाभित्र विवाद छैन । तर, कसको नेतृत्वको सरकारमा जाने भन्ने विषयमा पार्टीभित्र विवाद रहेको जसपा स्रोतले जनाएको छ । पार्टीभित्रको छलफलका क्रममा अध्यक्ष ठाकुरले आफूहरूको माग सम्बोधन गर्नमा ओली सरकार सकारात्मक रहेकाले यही सरकारमा सहभागी हुनुपर्ने अडान राख्दै आएका छन् ।

तत्काल रेशम चौधरीलाई रिहा गरेपछि सरकारमा जानेबारे पार्टीले निर्णय गर्ने बताइएको छ । तर, डा. भट्टराई र यादव समूहले ओली नेतृत्वको सरकारमा जानै नहुने अडान राख्दै आएका छन् । राजधानीबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार