असार २४, २०८२ मंगलबार July 8, 2025

समुदायमा फैलिँदै कोरोनाकाे ‘यूके भेरियन्ट’

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपालमा बेलायतमा देखिएको ‘नयाँ भेरियन्ट’ फैलँदो क्रममा रहेको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बेलायती प्रजातिको भेरियन्ट फैलि“दो क्रममा रहेको भन्दै बालबालिका उच्च जोखिममा रहेको जनाएको छ ।

बालबालिकामा कोरोना संक्रमणदर उच्च वृद्धि हुँदै गएकोसमेत पाइएको छ । केही दिनयताको तथ्यांकअनुसार दैनिक संक्रमितमध्ये १० प्रतिशतसम्म बालबालिका छन् । यसमा पनि बेलायती भेरियन्ट देखिएको छ ।

कान्ति बाल अस्पतालका निर्देशक डा. आरपी विच्छाले बालबालिकामा संक्रमणदर बढेको प्रस्ट पारे । सो अस्पतालमा तीन संक्रमित बालबालिका भर्ना भएका छन् ।

कोरोना जोखिम बढे पनि भौतिक उपस्थितिमै पठनपाठन हुँदा कतिपय विद्यालयले जनस्वास्थ्यका मापदण्ड पालना नगरेको देखिएको छ । संक्रमित बालबालिकामध्ये अधिकांशमा बेलायती भेरियन्ट देखिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार मंंगलबार प्राप्त रिपोर्टमा कुल केसमध्ये ४८ जना १९ वर्षमुनिका बालबालिकामा संक्रमण देखिएको छ । बुधबार कुल केसमध्ये ५२ जना १७ वर्षमुनिका बालबालिकामा संक्रमित पाइएको छ ।

विश्वका विभिन्न देशमा भेरियन्ट फैलिनेक्रम जारी छ । बेलायत, साउथ अफ्रिका र ब्राजिलमा पत्ता लागेको भेरियन्ट छिमेकी देश भारतमा समेत देखिएको छ । बेलायती प्रजाति विश्वका १ सय २९ देशमा फैलिसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । राजधानी दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार