असार २४, २०८२ मंगलबार July 8, 2025

विद्यार्थीमा कोरोना संक्रमण बढ्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः तीव्र रूपमा बढिरहेको कोरोना संक्रमणले बालबालिका बढी प्रभावित भएका छन् । दिनहुँजसो विद्यार्थी संक्रमित हुने क्रम बढे पनि विद्यालयमा भौतिक पढाइ बन्द गरिएको छैन । स्वास्थ्य सुरक्षाबिनै विद्यालय सञ्चालन भइरहेकाले पनि बालबालिका बढी जोखिममा छन् । विद्यालयहरूले स्वास्थ्य मापदण्ड अपनाएको दाबी गरे पनि सहरी क्षेत्रका बालबालिकामा संक्रमण बढ्दो छ ।

पछिल्लो २४ घण्टामा देशभर ८९ बालबालिका संक्रमित भएका छन्, जसमा ९ वर्षसम्मका १७ जना र १०–१९ वर्षका ७२ जना छन् । विराटनगरमा विद्यालय गइरहेका ७ देखि १४ वर्ष उमेरका २१ बालबालिकामा सातायता कोरोना संक्रमण पुष्टि भएको छ । विराटनगर महानगर स्वास्थ्य शाखाले संक्रमितमध्ये आधा ठूलो निजी विद्यालयमा अध्ययनरत रहेको जनाएको छ । पछिल्लो साता विराटनगरमा १ सय ३८ जनामा संक्रमण पुष्टि भएको छ, तीमध्ये २१ जना २० वर्षमुनिका छन् ।

बालबालिकामा संक्रमण पुष्टि भए पनि विराटनगर महानगरपालिका तत्काल विद्यालय बन्द गर्ने पक्षमा छैन । मेयर भीम पराजुलीका अनुसार चाँडै परीक्षा सकाएर विद्यालय बन्द गर्ने तयारी गरिएको छ । आगामी सोमबारदेखि सबै विद्यालयलाई स्वास्थ्य मापदण्ड अपनाएर सिफ्टमा परीक्षा लिन निर्देशन दिइएको छ । यहाँका अधिकांश विद्यालयले वैशाख ८ देखि परीक्षाको तालिका बनाएका छन् ।

प्याब्सनका केन्द्रीय अध्यक्ष टीकाराम पुरीले कोरोनाको उच्च जोखिममा रहेका १४ वटा जिल्लामा स्थानीय पालिकासँग समन्वय गरेर अवस्था हेरी विद्यालय बन्द गर्नुपर्ने स्थिति भए बन्द गर्ने र चालु वर्षको शैक्षिक सत्र वैशाखभित्र सकेर केही दिनका लागि छुट्टी दिने निर्णय गरेको बताए । कान्तिपुर दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार