मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

अफ्रिकन रुट्स सेमिफाईनलमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः अफ्रिकन रुट्स एसोसियन विश्वकर्मा ११औँ जीतपुरसिमरा गोल्डकपमा सेमिफाईनलमा प्रवेश गरेको छ ।

सिमरा रंगशालामा आईतबार साझ भएको खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई २/१ ले स्तब्ध पार्दै पाहुना टोली अफ्रिकन रुट्सले अन्तिम चारको यात्रा तय गरेको हो ।

अफ्रिकन रुट्सको जितमा नजिमिले दुई गोल गरे । आर्मीका लागि जर्ज प्रिन्स कार्कीले गोल फर्काए । खेलमा आर्मीविरुद्ध लिएको अग्रता जोगाउन नसक्दा अफ्रिकन रुट्सले जीतका लागि अतिरिक्त समयसम्म संघर्ष गर्नुप¥यो ।

पहिलो हाफमा दुवै टिमले गोलरहित बराबरी खेले । वीरगन्ज युनाईटेड क्लबलाई ४/१ ले पराजित गर्दै अन्तिम आठमा प्रवेश गरेको आर्मीले अफ्रिकन रुट्सविरुद्ध आकर्षक खेल प्रदर्शन गर्न सकेन् । सुरुवातदेखी नै दवावमा देखिएको आर्मीले अफ्रिकन रुट्सविरुद्ध गोलको खासै अवसर सिर्जना गर्न सकेन् ।

भर्खरै सम्पन्न आहा रारा गोल्डकपको फाईलनसम्को यात्रा तय गर्दै उपबिजेता बनेको अफ्रिकन रुट्सले खेल पहिलो हाफमा थुप्रै अवसर बनाएपनि गोलका लागि भने दोस्रो हाफसम्म प्रतिक्षा गर्नुप¥यो ।

खेलको ६१औं मिनेटमा नजिमिले डिबक्स पाएको बललाई जाली चुमाए । आर्मीको रक्षापंक्तीलाई बिट गर्दै नजिमिले गोल गरेपछि आर्मीको समर्थनका लागि रंगशाला पुगेका घरेलु दर्शक समेत निराश बन्न पुगे ।

अफ्रिकन रुट्सको गोलपछि दवावमा परेको आर्मीले दोस्रो हाफमा केही अवसर बनाएपनि सदुपयोग गर्न सकेन् । आर्मीको फिनिसिङ पक्ष कमजोर बन्दा अफ्रिकन रुट्स खेलमा बलियो देखियो ।

हार नजिक पुगेको आर्मीले खेलको ८९औं मिनेटमा पेनाल्टी प्राप्त ग¥यो । अफ्रिकन रुट्सका ए फेब्रिकले डिबक्स भित्र हातले बल रोकेपछि आर्मीले पेनाल्टीको अवसर पारेको आर्मीका लागि जर्ज प्रिन्स कार्कीले गोल गरे । उनले सहजै पेनाल्टीमार्फत गोल गर्दै खेल १/१ को स्थितीमा पु¥याएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।

अतिरिक्त ३० मिनेटको समयमा अफ्रिकन रुट्सले सुरुवातमै आर्मीविरुद्ध अग्रता लियो । अतिरिक्त समयको पाचौ मिनेटमा नजिमिले दोस्रो गोल गरे ।

स्मेलको कर्नर बललाई हेड गर्दै नजिमिले गोल गर्दा आर्मी निराश बन्न पुग्यो । अतिरिक्त समयमा अन्तिम समयमा आक्रामक देखिएपनि गोल फर्काउन नसक्दा साविक उपबिजेता आर्मी हार आत्मसाथ गर्दै घर फर्कन बाध्य भयो ।

अफ्रिकन रुट्सको जित दुई गोल गरेका नजिमि खेलको म्यान अफ दि म्याच घोषित भए । उनले पाच हजार हात पारे । प्रतियोगिता अन्तर्गत सोमबार सशस्त्र प्रहरीको एपिएफ क्लब र बाग्मती ११ सर्लाहीबीच खेल हुनेछ । न्यूज अमियान

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एनपिएलका आठ वटै क्लबका लागि क्रिकेट रङ्गशाला निर्माण गरिदिने प्रधानमन्त्रीको घोषणा
२०८३ मंग्सिर ५, शनिबार
दर्शकदीर्घाको उत्साहपूर्ण साथबीच एनपिएल सम्पन्न
२०८३ मंग्सिर ५, शनिबार
परराष्ट्रमन्त्री खनालसँग जापानी उपविदेशमन्त्री फुजीको शिष्टाचार भेटवार्ता
२०८३ मंग्सिर ५, शनिबार
देश समृद्ध बनाउँदै भ्रष्टाचार अन्त्य गर्ने अभियानमा छु : सभामुख अर्याल
२०८३ मंग्सिर ५, शनिबार
प्रधानमन्त्री शाह आइतबार भारतको राजकीय भ्रमणमा जानुहुँदै
२०८३ मंग्सिर ५, शनिबार
दलको झोला बोक्ने र नेताको चाकडी गर्ने कर्मचारीमाथि कडा कारबाही हुन्छ : गृहमन्त्री गुरुङ
२०८३ मंग्सिर ५, शनिबार
हरेदी दलसँग गठबन्धन बन्ने अभिग्डोर लिबरम्यानको विश्वास
२०८३ मंग्सिर ५, शनिबार