असोज ११, २०८३ आइतबार September 27, 2026

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा बागलुङका ११० विद्यालय छानिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत बागलुङका १ सय १० सामुदायिक विद्यालय छानिएका छन् । सामुदायिक विद्यालयको स्तरोन्नति गर्न सरकारले पहिलो पटक यो कार्यक्रम ल्याएको हो ।

जिल्लामा रहेका १० स्थानीय तहका ती विद्यालयलाई विभिन्न शीर्षकमा बजेट विनियोजन गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जिल्लाको ती विद्यालयसहित देशभरका सात हजार २ सय ७८ सामुदायिक विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा समेटिएको जनाएको छ ।

कार्यक्रम अन्तर्गत सबैभन्दा बढी २९ वटा बडिगाडमा र सबै भन्दा कम ३ विद्यालय बरेङमा छनोटमा परेको सांसद मनकुमारी केसीले जानकारी दिए ।

यस कार्यक्रमका लागि जिल्लाको बागलुङ नगरपालिकामा १९, गलकोट नगरपालिकामा ८ , जैमिनी नगपालिकामा ९, ढोरपाटन नगरपालिकामा ८, काठेखोला गाउँपालिकामा १०, ताराखोला गाउँपालिकाम ९ , बरेङ गाउँपालिकामा ३, बडिगाड गाउँपालिकामा २९ , निसीखोला गाउँपालिकामा ५ र तमानखोला गाउँपालिकामा १० विद्यालय छनोट गरिएको शिक्षा विभागले जनाएको छ ।

सरकारले पाँच अर्ब ६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । विभागका अनुसार कार्यक्रमका लागि संघीय सरकारले सम्बन्धित स्थानीय तहमा छिट्टै बजेट निकासा गर्नेछ । मन्त्रालयको गत चैत १९ गतेको निर्णय अनुसार चालु आर्थिक वर्ष २०७७-७८ को वार्षिक कार्यक्रम अनुसार मुलुकका सात हजार २ सय ७८ सामुदायिक विद्यालयमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम छानिएको जनाइएको छ ।

यस्तै, शैक्षिक संस्थामा यातायातका साधनको व्यवस्थापन गर्न अनुदान, सुविधाजनक कक्षा कोठा निर्माण, स्वच्छ खानेपानी, प्रर्याप्त पानी सहित शौचालय, कम्प्युटर ल्याब, पुस्तकालय तथा विज्ञान प्रयोगशाला, शिक्षण–सिकाइ तथा विभिन्न प्राविधिक विषयहरु पनि कार्यक्रममा राखिएको छ ।

कार्यक्रममा दुई कोठे भवन निर्माण गर्न १८ लाख, खानेपानी सहितको शौचालय निर्माण गर्न ७ लाख, कम्प्युटर प्रयोगशाला स्थापना गर्न ६ लाख ५० हजार, पुस्तकालय र विज्ञान प्रयोगशाला स्थापना गर्न ६ लाख ५० हजार, शिक्षामा नविन प्रविधिको प्रयोग गर्न ६ लाख ५० हजार, सिकाई सामाग्री तथा उपलव्धी अभिवृद्धि गर्न, विशेष विद्यालयमा १० लाख र भौतिक पूर्वाधार तथा पाँच लाखदेखि दुई लाख ५० हजार सम्म बजेट विनियोजन गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन
२०८३ असोज ११, आइतबार
सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण : डा गुणाकर भट्ट
२०८३ असोज ११, आइतबार
‘नेपाली डायस्पोरा आर्थिक रूपान्तरणको महत्वपूर्ण साझेदार’ : परराष्ट्रमन्त्री
२०८३ असोज ११, आइतबार
बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा
२०८३ असोज ११, आइतबार
पर्यटन विकासका लागि अन्तर मन्त्रालय समन्वय आवश्यक छ : मन्त्री पौडेल
२०८३ असोज ११, आइतबार
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा
२०८३ असोज ११, आइतबार
गिवाङको पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार
२०८३ असोज ११, आइतबार