असार २४, २०८२ मंगलबार July 8, 2025

प्रश्नपत्र आउट गर्ने कर्मचारीसहित १० जना पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः परीक्षा शुरु हुनु अगाडि नै प्रश्नपत्र बाहिर ल्याएको आरोपमा कर्मचारीसहित १० जना पक्राउ परेका छन् ।

पूर्वाञ्चल विश्वविद्यालयको इन्जिनियरिङ सङ्काय स्नातक दोस्रो सेमेस्टरको भौतिक शास्त्र विषयको गत वैशाख ३ गते परीक्षा हुनुभन्दा दुई घण्टा अगावै प्रश्न पत्र बाहिरिएको थियो । आइतबार पत्रकार सम्मेलन गर्दै मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले परीक्षा अगाडि नै प्रश्न पत्र बाहिरिएको घटनामा संलग्न भएको आरोपमा कर्मचारीसहित १० जना पक्राउ परेको बताएका छन् ।

विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय विराटनगरका सहायक विराटनगर–८ का ४४ वर्षीय कोमल प्रसाद गौतम, सङ्खुवासभाको मादी–६ का ३५ वर्षीय गोपाल कार्की, रुपन्देही तिलोचन–१२ का ३० वर्षीय विजय पोखरेल, गोर्खाको भीमसेन थापा–१ का ३२ वर्षीय मीनप्रसाद भट्ट र गोर्खाकै गण्डगी गाउँपालिका–३ का ३२ वर्षीय भरत पन्त पक्राउ परेका छन् ।

त्यस्तै गोर्खा नगरपालिका–४ का २६ वर्षीय विकाश खड्का, सिन्धुपाल्चोक बाह्रबिसे–४ का २८ वर्षीय निर्मल खड्का, महोत्तरीको रामगोपालपुर–९ का २९ वर्षीय नानी पथ मण्डल, सप्तरीको वोदेवरसाइन–७ का २९ वर्षीय जीवनकुमार यादव र सप्तरीकै कृष्णसवरण–५ घर भई भक्तपुर लोकन्थली बस्ने २६ वर्षीय महेश यादवलाई पक्राउ गरेको एसपी खड्काले बताए ।

पक्राउ परेका विरुद्ध शिक्षा ऐन २०२८ को दफा १७ बमोजिम मुद्दा चलाउन आइतबार म्याद थप गरी अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार
बौद्धबाट १ करोड ४४ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ
२०८२ असार २४, मंगलबार
गाजामा पाँच इजरायली सैनिकको मृत्यु : सेना
२०८२ असार २४, मंगलबार