मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

महाकुलुङ गाउँपालिका र नौलेख युवाक्लब पैया राष्ट्रिय विभूति शेर्पा स्मृतिकप च्याम्पियन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः राष्ट्रिय विभूति पासाङ ल्हामु शेर्पा स्मृति भलिवल कपमा महिलातर्फ पहिलो स्थान महाकुलुङ गाउँपालिका र पुरुषतर्फ नौलेख युवाक्लब पैया (ए) टिमले जीत हासिल गरेको छ ।

राष्ट्रिय विभूति पासाङ ल्हामु शेर्पा स्मृति भलिवल कप आयोजक कमिटीको आयोजनामा सम्पन्न प्रतियोगितामा तीन महिला  र सात पुरुष गरी १० टिमको सहभागिता थियो ।

‘समान र सम्मान हाम्रो चाहना, विभेद रहित समाजको परिकल्पना’ भन्ने मूल नारामा राष्ट्रिय विभूति पासाङ ल्हामु शेर्पा जन्मिएको गाउँखुम्बु पासाङ ल्हामु गाउँपालिका–२ सुर्केमायही वैशाख ८ गतेदेखि आयोजना गरिएको हो ।

राष्ट्रिय विभूति पासाङ ल्हामु शेर्पाको बुबा फुर कितर शेर्पा भलिबल खेल समापनको दिन सहभागी रहनुभएको थियो । उनको हातबाट विजयी टिमलाई ट्रफि, मेडल र प्रमाणपत्र वितरण गरिएको थियो । छोरीको नाममा राखिएको खेलमा सहभागी हुन पाउँदा बुबाले खुशी व्यक्त गर्नुभएको थियो ।

शेर्पाले सगरमाथा आरोहण गरेको दिन वैशाख १० गतेको सन्दर्भ पारेर सो प्रतियोगिता आयोजना गरेको आयोजक कमिटीका अध्यक्ष जाङ्बु शेर्पाले जानकारी दिए। राष्ट्रिय विभूति जन्मिएको गाउँखुम्बु पासाङ ल्हामु गाउँपालिका–२ सुर्केमा पहिलो पटक गाउँस्तरीय पुरुष र जिल्लास्तरीय खुल्ला महिला भलिबल प्रतियोगिता आयोजना गरिएको हो ।

खेलसँगै सम्मान

भलिबल खेलसँगैँ खुम्बु पासाङ ल्हामु गाउँपालिकाबाट सगरमाथा आरोहण गरी विश्व किर्तीमान कायम गर्न सफल व्यक्तित्वलाई सम्मान गरिएको थियो ।

सम्मानित हुनेमा २४ पटक सगरमाथा आरोहण गरी विश्व किर्तीमान कामय गर्न सफल प्रख्यात आरोहीकामी रिता शेर्पा, छिटो सगरमाथा आरोहण गरी विश्व किर्तीमान कायम गर्न सफल लाक्पागेलु शेर्पा, हिमालबाट लङलाइन रेस्क्यू गर्ने आङटासी शेर्पा, छोटो समयमा सगरमाथा आरोहण गरी महिलातर्फ विश्व किर्तीमान कायम गर्नुहुने पासाङ पुटी शेर्पा र गायन, लेखन, साहित्य क्षेत्रमा योगदान पु¥याउनुहुने पुरुषोतम सानु नेपालीलाई सम्मान गरिएको थियो ।

खेलमा सहभागी टिम

महिलातर्फ कोङ्दे युवा क्लब, माप्य दुधकोशी गाउँपालिका र महाकुलुङ गाउँपालिकाले सहभागिता जनाएको थियो भने पुरुषतर्फ फरी युवा समूह (चौरीखर्क), नौलेख युवा क्लव (पैया ए टिम), नौलेख युवाक्लव (पैया बि), आमा डब्लम युवा क्लब (पाङ्बोच), हिमालयन क्लब (लुक्ला), कुसुमखाङकरु युवा क्लब (मुसे), सुर्के युवा समूह (सुर्के) सहभाागी रहेको थियो । प्रतियोगिताको समापनमासांस्कृतिक कार्यक्रम गरिएको थियो ।  रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एनपिएलका आठ वटै क्लबका लागि क्रिकेट रङ्गशाला निर्माण गरिदिने प्रधानमन्त्रीको घोषणा
२०८३ मंग्सिर ५, शनिबार
दर्शकदीर्घाको उत्साहपूर्ण साथबीच एनपिएल सम्पन्न
२०८३ मंग्सिर ५, शनिबार
परराष्ट्रमन्त्री खनालसँग जापानी उपविदेशमन्त्री फुजीको शिष्टाचार भेटवार्ता
२०८३ मंग्सिर ५, शनिबार
देश समृद्ध बनाउँदै भ्रष्टाचार अन्त्य गर्ने अभियानमा छु : सभामुख अर्याल
२०८३ मंग्सिर ५, शनिबार
प्रधानमन्त्री शाह आइतबार भारतको राजकीय भ्रमणमा जानुहुँदै
२०८३ मंग्सिर ५, शनिबार
दलको झोला बोक्ने र नेताको चाकडी गर्ने कर्मचारीमाथि कडा कारबाही हुन्छ : गृहमन्त्री गुरुङ
२०८३ मंग्सिर ५, शनिबार
हरेदी दलसँग गठबन्धन बन्ने अभिग्डोर लिबरम्यानको विश्वास
२०८३ मंग्सिर ५, शनिबार