वैशाख २४, २०८१ सोमबार May 6, 2024

मन्त्रिपरिषद पुनर्गठन तयारीले संसदीय समिति बैठक स्थगित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

 

काठमाडौं । मन्त्रिपरिषद पुनर्गठनको तयारीले संसदीय समितिको बैठकसमेत प्रभावित भएको छ । बुधबार बिहान बोलाइएको राज्य व्यवस्था समितिको बैठक स्थगित भएको हो ।

बैठकमा संघीय निजामती सेवा विधेयकबारे छलफल गर्ने कार्यसूची थियो र सो छलफलमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितलाई समेत बोलाइएको थियो । तर, मन्त्री पण्डित बैठकमा आएनन् । करिब आधा घण्टा कुरेपछि बैठक स्थगित गरियो ।

अहिले मन्त्री पदबाट हट्नेहरुको सूचीमा लालबाबुको पनि नाम रहेको चर्चा छ । यसैगरी मन्त्री बन्ने भनेर चर्चामा रहेका पम्फा भुसाल, जनार्दन शर्मा ‘प्रभाकर’लगायत पनि बैठकमा अनुपस्थित रहे ।

बैठकमा सहभागी हुन कृष्णगोपाल श्रेष्ठ, झपट रावल, मीना पाण्डेलगायत सिंहदरबार गएका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
संरक्षण अभावमा ओझेल पर्दै चुरे क्षेत्रका प्राकृतिक ताल
२०८१ वैशाख २४, सोमबार
सिन्धुलीको जुनारमा प्रोटिन-वेट छिट्न सुरु
२०८१ वैशाख २४, सोमबार
नेकपा एसको संसदीय दलको बैठक आलोकनगरमा सुरू
२०८१ वैशाख २४, सोमबार
आन्तरिक व्यवस्थापनलाई सबल बनाउँदै ‘गोरखापत्र’लाई प्रतिस्पर्धी बनाइनुपर्छ : मन्त्री शर्मा
२०८१ वैशाख २४, सोमबार
बारामा १० हजार मेट्रिकटन दलहन उत्पादन
२०८१ वैशाख २४, सोमबार
संविधान अझै पूर्ण भएको छैन : प्रधानमन्त्री ‘प्रचण्ड’
२०८१ वैशाख २४, सोमबार
आँखाले देख्नेभन्दा प्रवृत्तिगत भ्रष्टाचार खतरनाक हुन्छ : दिलेन्द्रप्रसाद बडू (अन्तवार्ता)
२०८१ वैशाख २४, सोमबार