असोज ११, २०८३ आइतबार September 27, 2026

अछामका सम्पूर्ण शैक्षिक संस्था बन्द

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः गत मङ्सिर महिनाको दोस्रो साताबाट सञ्चालनमा आएका अछामका शैक्षिक संस्था पुनः बन्द गरिएका छन् ।

जिल्लामा कोरोना भाइरसको संक्रमण बढिरहेको र नेपाल सरकारले पनि विद्यालय लगायत भिडभाड हुने कार्यमा रोक लगाएपछि अछामका सम्पूर्ण शैक्षिक संस्था कम्तीमा वैशाख मसान्तसम्मका लागि बन्द गरिएका हुन् ।

सोमबार मात्रै जिल्लाको बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ५ कालिकाको नन्दा माध्यमिक विद्यालयका १५ जना विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

जिल्लाका दश वटै स्थानीय तहका ४ सय ९० सामुदायिक सहित करिब ५ सय बढी विद्यालय बन्द गरिएका हुन् ।

सरकारको निर्णय र स्थानीय तहको निर्णयको आधारमा बुधवारदेखि जिल्लाका सामुदायिक विद्यालय, क्याम्पस तथा संस्थागत विद्यालय बन्द गरिएका शिक्षा विकास तथा समन्वय इकाई अछामका प्रमुख लक्ष्मण गिरीले जानकारी दिनुभयो ।

कतिपय पालिकाले वैशाख मसान्तसम्म तथा कतिपय पालिकाले अर्को सूचना जारी नभए सम्म अनिश्चित कालका लागि बन्द गरिएका पाइएको छ । जिल्लाको पञ्चदेवल विनायक नगरपालिकामा अर्को सूचना जारी नभए सम्मका लागि विद्यालय बन्द गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत पदम बहादुर माझीले बताउनुभयो ।

अछामका कतिपय पालिकाका विद्यालयमा वैशाख १६ गतेदेखि तथा कतिपय विद्यालयमा आउँदो जेठ २ गतेका लागि परीक्षाको मिति समेत निर्धारण गरिसकिएको थियो ।

ढिलो गरी सुरु भएको शैक्षिक सत्र तथा परीक्षाको मुखमै विद्यालय बन्द हुँदा विद्यार्थीलाई भने असहज भएको छ । विद्यालय बन्द हुँदा घरमा पठनपाठनको उचित वातावरण नहुने तथा अध्ययन गरेका विषय बिर्सिने सम्भावना रहेको जिल्लाको मङ्गलसेन ६ मा रहेको मालिका आधारभूत विद्यालयका प्रधानाध्यापक भक्तराज ढुङ्गानाले बताउनुभयो ।

आफ्नो विद्यालयमा करिब ८५ देखि ९० प्रतिशत कोर्स पूरा भएको तर सम्पूर्ण रुपमा कोर्स पूरा हुन नसकेको उहाँको भनाइ छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन
२०८३ असोज ११, आइतबार
सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण : डा गुणाकर भट्ट
२०८३ असोज ११, आइतबार
‘नेपाली डायस्पोरा आर्थिक रूपान्तरणको महत्वपूर्ण साझेदार’ : परराष्ट्रमन्त्री
२०८३ असोज ११, आइतबार
बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा
२०८३ असोज ११, आइतबार
पर्यटन विकासका लागि अन्तर मन्त्रालय समन्वय आवश्यक छ : मन्त्री पौडेल
२०८३ असोज ११, आइतबार
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा
२०८३ असोज ११, आइतबार
गिवाङको पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार
२०८३ असोज ११, आइतबार