असार २४, २०८२ मंगलबार July 8, 2025

ललितपुर र पोखराबीचको खेल गोलरहित बराबरी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं: नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज भएको खेलमा ललितपुर सिटी एफसी र पोखरा थन्डर्सबीचको खेल गोलरहित बराबरीमा सकिएको छ । खेल बराबरीमा सकिएपछि दुवै टोलीले एक एक अङ्क बाँडेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सम्पन्न खेलमा दुवै टोलीबाट गोल हुन सकेन । मध्यान्तर अघिको खेलमा पोखराले आक्रामक खेल खेलेको थियो ।

मध्यान्तरपछिको खेलमा ललितपुर पोखरामाथि हावी भएको थियो । दुवै टोली गोल गर्नबाट भने चुके । खेलको आठौँ मिनेटमा पोखराका कप्तान नवयुग श्रेष्ठले गोल गर्ने प्रयास गरेका थिए । उनको प्रहार गोलपोस्ट नजिकैबाट बाहिरिन पुग्यो ।

यस्तै खेलको १४औँ मिनेटमा पोखराका मौसा अब्बाले गरेको प्रहार ललितपुरका गोलकिपर अर्पण कार्कीले रोके। खेलको २०औँ मिनेटमा पोखराका नवयुग श्रेष्ठले अर्को गोल गर्ने अवसर गुमाए। खेलको ३९औँ मिनेटमा पोखराका नितिन थापाको प्रहार गोलकिपर कार्कीले विफल पारेका थिए भने ४२औँ मिनेटमा पोखराका मोउसाले गरेको प्रहार गोलपोष्टबाट बाहिरिएको थियो ।

मध्यान्तरपछिको खेलमा पनि दुवै टोलीले गोलको प्रयास गरेका थिए । खेलको ५१औँ मिनेटमा ललितपुरका अञ्जन विष्टको गोल गर्ने प्रयासलाई विपक्षी खेलाडीले विफल पारे।

यसैगरी खेलको ८१औँ मिनेटमा पोखराका मोउसाले गर्नुभएको गोलको प्रयास असफल भयो । खेलको ८६आँै मिनेटमा ललितपुरका कप्तान अञ्जन विष्टले डिबक्स भित्रबाट गोलको प्रयास गरे । उक्त बल गोलमा भने परिणत हुन सकेन । बराबरी खेलेपछि पोखराको चार खेलमा पाँच अङ्क भएको छ । पोखरा लिगको तेस्रो स्थानमा छ ।

यस्तै ललितपुर चार खेलमा तीन अङ्क जोडेर छैटौँ स्थानमा छ ।

लिगमा हालसम्मको खेलको परिणामअनुसार धनगढी एफसी चार खेलमा सात अङ्कका साथ शीर्ष स्थानमा छ । बुटवल छ अङ्कका साथ दोस्रो, विराटनगर पाँच अङ्कसहित तेस्रो, काठमाडौँ रेजर्स चार अङ्कसहित पाँचौँ तथा चितवन दुई अङ्कका साथ लिगको पुछारमा छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पोर्चुगलमा ‘दोस्रो बुढासुब्बा कप’ फुटबल प्रतियोगिता हुने
२०८२ असार २४, मंगलबार
साउनमा पशुपतिनाथको दर्शनमा आउने भक्तजनका लागि महाशिवरात्रिकै जस्तो व्यवस्थापन गर्ने तयारी
२०८२ असार २४, मंगलबार
कुलिङ पिरियड गडबडी : समितिको नेतृत्वमाथि रास्वपाको असन्तुष्टि
२०८२ असार २४, मंगलबार
आजको मौसम : यी प्रदेशमा भारी बर्षाको सम्भावना
२०८२ असार २४, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
२०८२ असार २४, मंगलबार
आज मंगलबार, गणेश भगवानको दर्शन गर्दै थाहा पाउनुहोस् तपाईंको राशिफल ?
२०८२ असार २४, मंगलबार
स्वास्थ्य उपचार र न्यायिक उपचारमा उल्झन
२०८२ असार २४, मंगलबार