श्रावण १०, २०८३ आइतबार July 26, 2026

कृषि मन्त्रालयमा नवनियुक्त मन्त्री भुसाललाई बधाई दिदै निवर्तमान मन्त्री खनाल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नवनियुक्त कृषिमन्त्री घनश्याम भुसालले बिहीबार पदभार ग्रहण गर्दा निवर्तमान कृषिमन्त्री चक्रपाणि खनालले बधाई दिएका छन् ।

भुसाल मन्त्रालयमा पुगेको केहीबेरपछि पुगेका खनालले हात मिलाएर र अंकमाल गरेर बधाई दिएका हुन् ।

मन्त्री भुसालले खनाल समक्ष ‘तपाईं‌ले छाडेर गएका अधुरा आयोजना पूरा गर्छु’ भन्दै प्रतिवद्धता व्यक्त गरेका छन । ‘कामको जस दुबै जना मिलेर लिनुपर्छ, उनले भने । आफूले केही समय सिक्नेसमेत उनले बताएका छन ।

नवनियुक्त मन्त्रीको स्वागत गर्न कर्मचारीहरु भर्‍याङसम्म लामवद्ध भई बसेका थिए ।

परम्परागत कृषि श्रमलाई उकास्ने प्रयत्न गर्छु : कृषि मन्त्री

कृषि मन्त्री घनश्याम भुसालले परम्परागत कृषि श्रमको स्तर माथि उठाएर व्यवसायिक कृषिको विकासमा केन्द्रित हुने बताएका छन् ।

बिहीबार मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले आफू डर र प्रलोभनबाट समेत प्रभावित नभई काम गर्ने बताए । ‘म दुईवटा कुराबाट डराउने छैन, एउटा डर र अर्को प्रलोभन’, उनले भने ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भरतपुर अस्पतालद्वारा एक वर्षमा तीन हजार युनिट रगत सङ्कलन
२०८३ श्रावण ९, शनिबार
अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयकले लोपोन्मुख सम्पदाको जगेर्ना गर्नेछ : सभामुख अर्याल
२०८३ श्रावण ९, शनिबार
कालीगण्डकी तटमा एक सय आठ तुलसी रोपण
२०८३ श्रावण ९, शनिबार
डा. गोविन्द केसी अस्पताल भर्ना, उपचारमा कमी हुन नदिन स्वास्थ्यमन्त्रीको निर्देशन
२०८३ श्रावण ९, शनिबार
कृषि विश्वविद्यालयले १० जना विदेशी विद्यार्थी भर्ना लिने
२०८३ श्रावण ९, शनिबार
सात लाख बढी घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ
२०८३ श्रावण ९, शनिबार
समाजमा रक्तदानको संस्कार विकास गर्नुपर्छ : सभामुख यादव
२०८३ श्रावण ९, शनिबार