काठमाडाैं: काठमाडाैं रेजर्स फुटबल क्लब नेपाल सुपर लिग (एनएसएल) फुटबलको फाइनलमा पुगेको छ ।
बिहीवार दशरथ रङ्गशालामा भएको खेलमा ललितपुर सिटी एफसीलाई ३-० गोलले हराउँदै काठमाडाैं उपाधि नजिकै पुगेको हो ।
काठमाडाैंको जितमा मौसिके ओलोमोउले दुई र स्टेफिन विनोङले एक गोल गरे। खेलको १५ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै काठमाण्डौले अग्रता बनाएको थियो। यस्तै, काठमाडाैंले २२ औँ र ६० मिनेटमा गोल गर्याे ।
अब उपाधिका लागि काठमाडाैंले शनिवार (पर्सि) धनगढी एफसीसँग खेल्नेछ। प्लेअफमा काठमाडाैं धनगढीसँगै पराजित भएको थियो। यस प्रतियोगिताको विजेताले ३५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया