असार २४, २०८२ मंगलबार July 8, 2025

चेल्सी र म्यान्चेष्टर सिटीबीचको फाइनल खेल पोर्चुगलको ड्रागन स्टेडियममा हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः कोरोना महामारीका कारण च्याम्पियन्स लिग–२०२१ को चेल्सी र म्यान्चेष्टर सिटी बीचको फाइनल खेल पोर्चुगलको व्यापारिक शहर तथा पूर्व च्याम्पियन लिग विजेता फुटबल क्लब पोर्तोको ड्रागन स्टेडियममा हुने भएको छ ।

यूईएफएले चेल्सी र म्यान्चेस्टर सिटीबीचको फाइनल खेल पोर्तोमा आयोजना गर्ने निर्णय गरेको हो । चेल्सी र मेन्चेस्टर सिटीले ६–६ हजार समर्थक÷दर्शकको उपस्थितिमा फाइनल खेल भिड्दैछन् ।

आगामी मे २९ मा स्थानीय समय राति २१ बजे सुरु हुने उक्त खेलमा कोरोनाका कारण ५० हजार दर्शक क्षमता भएको ड्रागन रंगशालामा १२ हजार दर्शकलाई मात्र टिकट बिक्रीको अनुमति दिइएको यूरोपेली फुटबल संघ यूईएफएले जनाएको छ ।

यूईएफए अध्यक्ष अलेक्सान्डर ईफेरिनले यूरो समाचारमा भनेका छन्, ‘फुटबल क्लब समर्थकहरूलाई खेलमा व्यक्तिगत रूपमा हेर्ने मौकाबाट बञ्चित नगर्नु । अन्य कुनै विकल्प थिएन र म खुशी छु कि यो सम्झौता भेटियो ।’

यूईएफएले विहीबार गरेको घोषणा अनुसार विहीबारदेखि नै बिक्रीका लागि टिकटहरू उपलब्ध गराएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पोर्चुगलमा ‘दोस्रो बुढासुब्बा कप’ फुटबल प्रतियोगिता हुने
२०८२ असार २४, मंगलबार
साउनमा पशुपतिनाथको दर्शनमा आउने भक्तजनका लागि महाशिवरात्रिकै जस्तो व्यवस्थापन गर्ने तयारी
२०८२ असार २४, मंगलबार
कुलिङ पिरियड गडबडी : समितिको नेतृत्वमाथि रास्वपाको असन्तुष्टि
२०८२ असार २४, मंगलबार
आजको मौसम : यी प्रदेशमा भारी बर्षाको सम्भावना
२०८२ असार २४, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
२०८२ असार २४, मंगलबार
आज मंगलबार, गणेश भगवानको दर्शन गर्दै थाहा पाउनुहोस् तपाईंको राशिफल ?
२०८२ असार २४, मंगलबार
स्वास्थ्य उपचार र न्यायिक उपचारमा उल्झन
२०८२ असार २४, मंगलबार