काठमाण्डौंः पेरिस सेन्ट जर्मेन पीएसजी ले फ्रेन्च कपका उपाधि जितेको छ । बुधबार भएको उपाधि भिडन्तमा मोनाकोलाई २-० गोलले पराजित गर्दै पिएसजीले उपाधि जितेको हो ।
पिएसजीलाई उपाधि दिलाउने क्रममा माउरो इकार्डी र केलियन एमबाप्पेले एक/एक गोल गरे। १९ औं मिनेटमा इकार्डीले गोल गर्दै पिएसजीलाई अग्रता दिलाएका थिए । उनले एमबाप्पेले दिएको पासमा गोल गरेका थिए ।
८१ मिनेटमा एमबाप्पेले टिमको अग्रता दोब्बर पारे। उनले डि मारियाको पासामा गोल गरे । पिएसजीको सिजनमा यो दोस्रो उपाधि हो । फ्रेञ्च लिग वानको साविक विजेता पिएसजी अंक तालिकामा भने दोस्रो स्थानमा छ।
पिएसजी शीर्ष स्थानको लिलसँगै अन्तिम खेलअघि एक अंकले पछि छ। आगामी आइतबार लिगको अन्तिम चरणको खेलपछि लिग विजेताको टुंगो लाग्नेछ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया