मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

राष्ट्रिय महिला भलिबल टोलीको ३० सदस्यीय प्रारम्भिक टोलीको घोषणा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः नेपाल भलिबल संघले एसियन च्याम्पियनसिपको तयारीका लागि लक्षित गर्दै राष्ट्रिय नेपाली महिला भलिबल टोलीको ३० सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको छ ।

चैत्र तेस्रो अट आयोजना भएको पाँचौ आरबिबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप २०७७ को प्रदर्शनलाई आधार मान्दै तीन सदस्यीय समितिले टोली छनोट गरेको हो । छनोट समितिमा नेपाल भलिबल संघकी उपाध्यक्ष निरोज मास्के संयोजक तथा राखेप मुख्य प्रशिक्षक प्रज्वल बहादुर सिंह र महिला टोलीका मुख्य प्रशिक्षक जगदीश भट्ट सदस्य रहेका थिए ।

समितिले उक्त प्रतियोगिता दौरान गरेको प्रदर्शन र प्रतिभावान खेलाडीको उचाई र उमेरलाई मध्यनजर गर्दै छनोट गरेको बताएको छ । भविष्यमा राम्रो प्रदर्शन गर्न सक्ने खेलाडीलाई समेत आधार मानिएको समितिले जनाएको छ । टोलीमा उक्त प्रतियोगितामा च्याम्पियन बन्न सफल होंगान्जी न्यू डायमन्डबाट ७ खेलाडी टोलीमा परेका छन् ।

यस्तै विभागीय टोलीको वर्चस्व विगतमा झै कायम नै छ । एपिएफ र पुलिसबाट ७-७ तथा आर्मीबाट ८ खेलाडी टोलीमा परेका छन् । भरतपुर मेट्रोबाट सरस्वती कट्टेल पुन: बन्द प्रशिक्षणमा पर्न सफल भएकी छिन् ।

यसपटक घोषणा गरिएको टोलीमा ९ खेलाडीले पहिलो पटक राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा सहभागी हुने अवसर पाएका छन् । सरस्वती जैसी, लक्ष्मी चन्द, सृष्टि खड्गी, रिया कुँवर, रिमा कुँवर, कामना विष्ट, पुजा चौधरी, झरना श्रेष्ठ र वाल्मिका आचार्य पहिलो पटक राष्ट्रिय टोलीमा बोलाइएका हुन् ।

शुक्रबार कार्यवाहक यामबहादुर गुरुङको अध्यक्षतामा बसेको संघको भर्चुअल बैठकले २१ गतेबाट प्रशिक्षण सुरु गर्ने निर्णय गरेको छ । संघले राखेपबाट प्रशिक्षण संचालन तथा कभर्ड हल प्रयोगका लागि आवश्यक स्वीकृति लिइसकेको कार्यवाहक अध्यक्ष गुरुङले जानकरी दिए ।

यस्तै बैठकले जगदीश भट्टलाई मुख्य प्रशिक्षकमा निरन्तरता दिने निर्णय गरेको छ । उनकै नेतृत्वमा नेपालले एभिसी सेन्ट्रल जोनमा स्वर्ण तथा १३ औं सागमा रजत पदक जितेपछि बैठकले भट्टलाई नै जिम्मेवारी सुम्पने निर्णय गरेको गुरुङले बताए ।

टोली व्यवस्थापकमा उपाध्यक्ष निरोज मास्के तथा ट्रेनरमा पूर्व खेलाडी अन्जु श्रेष्ठ रहनेछिन् । सहायक प्रशिक्षकको निर्णय पछि लिइनेछ । खेलाडीहरुको पिसिआर परिक्षण र विमाको जिम्मेवारी इन्दिरा निरौलालाई दिइएको छ । त्यस्तै तयारी र सहभागिताको आर्थिक पक्ष बारे तयारी गर्न कोषाध्यक्ष सुनकेशरी मालीलाई जिम्मेवारी दिइएको छ । (हाम्रो खेलकुद)

बन्द प्रशिक्षणमा पर्न सफल ३० खेलाडीको नामावली :

प्रतिभा माली, सरस्वती चौधरी, उषा भण्डारी, निरुता ठगुन्ना, सफिया पुन, सुनिता खड्का, उषा विष्ट, हिरा केसी, अरुणा शाही, जानकी भण्डारी, कमला पुन, सलिना श्रेष्ठ, पुनम चन्द, रेश्मा भण्डारी, कामना विष्ट, मनिषा चौधरी, कविता भट्ट, शान्ति थारु, सरस्वति जैसी, शान्तिकला तामाङ, कृपा अधिकारी, लक्ष्मी चन्द, सृष्टि खड्गी, रिया कुँवर, संगम महतो, सरस्वती कट्टेल, रिमा कुँवर, पुजा चौधरी, झरना श्रेष्ठ, वाल्मिका आचार्य

वैकल्पिक खेलाडी : आरती सुवेदी, निशा चौधरी, प्रगती नाथ, पुष्पा शाही, पुष्पा चौधरी

टोली अनुसार नामावली :

आर्मी : सफिया पुन, सुनिता खड्का, जानकी भण्डारी, शान्ति थारु, सरस्वति जैसी, कृपा अधिकारी, सृष्टि खड्गी, संगम महतो

पुलिस : उषा भण्डारी, कमला पुन, पुनम चन्द, कामना विष्ट, मनिषा चौधरी, शान्तिकला तामाङ, लक्ष्मी चन्द,

एपिएफ: सरस्वती चौधरी, निरुता ठगुन्ना, उषा विष्ट, हिरा केसी, रेश्मा भण्डारी, कविता भट्ट, पुजा चौधरी

न्यू डायमन्ड: प्रतिभा माली, अरुणा शाही, सलिना श्रेष्ठ, रिया कुँवर, रिमा कुँवर, झरना श्रेष्ठ, वाल्मिका आचार्य

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एनपिएलका आठ वटै क्लबका लागि क्रिकेट रङ्गशाला निर्माण गरिदिने प्रधानमन्त्रीको घोषणा
२०८३ मंग्सिर ५, शनिबार
दर्शकदीर्घाको उत्साहपूर्ण साथबीच एनपिएल सम्पन्न
२०८३ मंग्सिर ५, शनिबार
परराष्ट्रमन्त्री खनालसँग जापानी उपविदेशमन्त्री फुजीको शिष्टाचार भेटवार्ता
२०८३ मंग्सिर ५, शनिबार
देश समृद्ध बनाउँदै भ्रष्टाचार अन्त्य गर्ने अभियानमा छु : सभामुख अर्याल
२०८३ मंग्सिर ५, शनिबार
प्रधानमन्त्री शाह आइतबार भारतको राजकीय भ्रमणमा जानुहुँदै
२०८३ मंग्सिर ५, शनिबार
दलको झोला बोक्ने र नेताको चाकडी गर्ने कर्मचारीमाथि कडा कारबाही हुन्छ : गृहमन्त्री गुरुङ
२०८३ मंग्सिर ५, शनिबार
हरेदी दलसँग गठबन्धन बन्ने अभिग्डोर लिबरम्यानको विश्वास
२०८३ मंग्सिर ५, शनिबार