असार २४, २०८२ मंगलबार July 8, 2025

आईपीएल क्रिकेटका बाँकी खेल यूएईमा हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटका बाँकी खेल यूएईमा हुने भएका छन् । कोरोना महामारीका कारण रोकिएका बाँकी खेल आउँदो सेप्टेम्बर र अक्टुबर महिनामा यूएईमा हुने भएका हुन् ।

आईपीएलले यसअघि मागेको अनुमति भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईको आजको बैठकले पारित गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतमा कोरोना महामारी कम हुँदै गए पनि मनसुनको कारण प्रतियोगिता सञ्चालनमा कठिनाइ हुने भएकाले यूएईमा गर्ने प्रस्ताव पारित गरिएको बीसीसीआईका सचिव जय शाहले बताएका छन् ।

मे २ तारिखसम्म खेल भएकोमा भारतमा महामारी बढ्दै गएपछि गएको मे ४ तारिखदेखि आईपीएलका खेल रोकिएका थिए । खेल रोकिएपछि सबै विदेशी खेलाडी स्वदेश फर्किइसकेका छन् । खेलको तालिका केही दिनमै सार्वजनिक गरिने जनाइएकाे छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया