काठमाण्डौंः विश्व नम्बर चारका डोमिनिक थिम फ्रेन्च ओपन २०२१ बाट बाहिरिएका छन् । गएराती सम्पन्न खेलमा ६८औं बरियताका स्पेनिस खेलाडी पाब्लो एन्ड्युजारले ४-६, ५-७, ६-३, ६-४, ६-४ ले थिमलाई पहिलो चरणमै पराजित गरेका हुन् ।
सुरुको दुई सेट आफ्नो पकड बनाएका थिमले पछिल्लो तीन सेटमा लगातार हार व्यहोरेपछि यो जीत पाब्लोको हातमा गएको हो ।
फिलिपे च्याट्रिएर कोर्टमा २०१८ र २०१९ का फाइनलिस्ट थिमले पहिलो चरणमै हार व्यहोर्नुपरेको छ । फ्रेन्च ओपनका अन्य खेलहरु आज खेलिदैछन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया