काठमाण्डौंः इंग्ल्यान्डले युरोकप फुटबलका लागि राष्ट्रिय टिमको घोषणा गरेको छ । मुख्य प्रशिक्षक ग्यारेथ साउथगेटले मंगलबार २६ सदस्सीय टिमको घोषणा गरेको हो ।
इंग्ल्यान्डले प्रारम्भिक चरणमा रहेका ३३ खेलाडीबाट युरोकप खेल्ने २६ सदस्सीय टिमको घोषणा गरेको हो ।
प्रारम्भिक चरणबाट जेसे लिंगार्ड, जेम्स वार्ड, ओली वाट्कीन्स, मासन ग्रीनउड, बेन गोडफ्रे, बेन व्हाइट र आरोन राम्सडेल बाहिरिएका छन् ।
युरोकप फुटबल जुन ११ देखि जुलाई ११ सम्म आयोजना हुँदैछ । यस पटकको युरोकप युरोपका विभिन्न ११ शहरमा हुँदैछ । युरोकपमा इंग्ल्यान्ड समूह ‘डी’ मा रहेको छ ।
यस समूहमा इंग्ल्यान्डसँगै क्रोएसिया, स्कटल्याण्ड र चेक रिपब्लिक रहेका छन् । – एजेन्सी
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया