असार २४, २०८२ मंगलबार July 8, 2025

फ्रेञ्च ओपन टेनिसः राफायल नाडाल दोस्रो चरणमा प्रवेश

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः राफायल नाडाल फ्रेञ्च ओपन टेनिसको दोस्रो चरणमा प्रवेश गरेका छन् । अष्ट्रेलियाका एलेक्सी पोपरिनलाई हराउँदै स्पेनिस खेलाडी नाडालले दोस्रो चरणमा स्थानमा पक्का पारेका हुन् ।

तेस्रो वरियताका नाडालले वरियताविहिन अष्ट्रेलियाका एलेक्सी पोपीरिनलाई ६–३, ६–२ र ७–६ को सोझो सेटमा पराजित गरे । दोस्रो चरणमा नाडालले फ्रान्सका रिचार्ड गास्क्वेटसँग प्रतिस्पर्धा गर्नेछन् ।

यस्तै शीर्ष वरियताका नोभाक जोकोभिच पनि दोस्रो चरणमा प्रवेश गरेका छन् ।

उता महिला एकलतर्फ शीर्ष वरियताकी अस्लेइग बार्टीले दोस्रो चरणमा पुगेकी छिन् । अष्ट्रेलियाकी बार्टीले अमेरिकी खेलाडी बेर्नार्डा पेरालाई ६–४, ३–६ र ६२ ले हराइन् । बार्टीले दोस्रो चरणमा पोल्याण्डकी मैग्डा लिनेटेसँग खेल्नेछिन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया