असार २४, २०८२ मंगलबार July 8, 2025

नेपालले चाइनिज ताईपेलाई २-० गोल अन्तरले हरायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपालले फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ को छनोट अन्तर्गत समूह चरणको छैटौं खेलमा चाइनिज ताइपेइमाथि २-० को सहज जित दर्ता गरेको छ । नेपालका लागि अन्जन विष्ट र नवयुग श्रेष्ठको गोल गरेका हुन् ।

नेपालले खेलको तेस्रो मिनेटमा नै पेनाल्टी पाएको थियो । उक्त पेनाल्टी अवसरलाई अन्जन विष्टले गोल गर्दै नेपाललाई शुरुवाती अग्रता दिलाए । नेपाल पहिलो हाफमा १-० को अग्रता बनाएको थियो।

खेलको ८१ औं मिनेटमा वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका नवयुग श्रेष्ठले नेपालको अग्रता दोब्बर पारे । अन्जन विष्टको पासमा सुमन अर्यालले पेनाल्टी क्षेत्र भित्रबाट दिएको क्रसलाई नवयुगले पहिलो टचमा नै गोलमा परिणत गर्दै नेपाललाई २-० ले अघि बढाएका थिए । त्यसपछि दुवैतर्फबाट कुनै गोल भएन र नेपालले खेल २-० ले जित्यो।

यस जितसँगै नेपालले विश्वकप छनोटको समूह चरणमा चौथों स्थानमा रहने पक्का गरेको छ । नेपालको एसियन कप छनोटको तेस्रो चरणमा प्रवेश गर्ने सम्भावना पनि जीवित रहेको छ । नेपालको ६ खेलमा २ जित र ४ हारसहित ६ अंक रहेको छ । जितविहिन चाइनिज ताइपेइको ६ खेलमा कुनै अंक छैन ।

अष्ट्रेलियाले ४ खेलमा १२ अंक जोड्दा जोर्डन र कुवेतको ५-५ खेलमा समान १०-१० अंक रहेको छ । आज हुने दोस्रो खेलमा अष्ट्रेलिया र कुवेतले प्रतिस्पर्धा गर्दैछन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया