असार २४, २०८२ मंगलबार July 8, 2025

सन्दीपले टि२० ब्लास्ट गुमाउने लगभग निश्चित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः  नेपाली लेगस्पिनर सन्दीप लामिछानेले इंग्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्डले आयोजना अर्को सातादेखि सुरु हुने टि २० ब्लास्ट गुमाउने भएका छन् ।

सन्दीप टि२० ब्लास्टमा पहिलो पटक वोर्सेस्टरशायरबाट खेल्ने तयारी गरि रहेका थिए । तर नेपालमा दोस्रो चरणको कोरोना महामारीको कारण अन्तर्राष्ट्रिय उडानमा रोक र भिषा आउन ढिलाईको कारण टि२० ब्लास्ट गुमाउने लगभग निश्चित जस्तै भएको सन्दीपका मेनेजर रमण शिवाकोटीले जानकारी दिएका छन् ।

टि२० ब्लास्ट जुन ९ देखि सेप्टेम्बर १८ सम्म चल्ने कार्यक्रम छ। तर नेपालमा दोस्रो लहरको कोरोना महामारीको कारण सरकारले अन्तर्राष्ट्रिय उडानमा रोक लगाएको छ । ठूलो प्रयास र प्रतीक्षापछि शुक्रबार भिषा आएपनि धेरै ढिलो भई सकेको छ । १४ दिन क्वारेनटाइनमा बस्दा सन्दीपले आधा भन्दा बढी खेल गुमाउने छन् । वोर्सेस्टरशायरले सन्दीपको स्थानमा अर्को खेलाडी ल्याउने तयारी गरि रहेको बुझिएको छ ।

‘भिषा हिजोनै (शुक्रबार) आएको हो । तर जान धेरै ढिलाइनै भईसक्यो । टि२० ब्लास्ट पुरैनै छुट्ला जस्तोनै भयो । उताबाट पनि अव लगभग पुरै छुट्नी तरिकाले कुरा गरि रहेको छ’, शिवाकोटीले हाम्रो खेलकुदसँग भने ।

‘पाँच छ खेल छुट्ने भएपछि उनिहरुले अर्को खेलाडीलाई राख्छ नै । पर्खने कुरा पनि हुँदैन’, उनले भने, ‘भिसा पनि उताबाट सिधैं कुरा गरेर झिकाएको हो । टि२० ब्लास्ट छुटेपनि द हन्ड्रेड खेल्न जाने तयारी हुने छ ।’

नेपाल सरकारले अन्तर्राष्ट्रिय उडानमा लगाएको रोक अझै खुलाएको छैन । जसले सन्दीपलाई झनै समस्या परेको छ । सन्दीपले द हन्ड्रेड प्रतियोगिता ओभल इन्भीनसिभल्सबाट खेल्ने छन् । द हन्ड्रेड प्रतियोगिता जुलाई २१ देखि सुरु हुने छ । उक्त प्रतियोगिता जुलाईमा हुने हुँदा त्यो समय सम्म उडान रोक खुल्ने पनि सम्भावना छ ।

सन्दीपले टि२० ब्लास्ट गुमाउने भएपछि शुक्रबार ट्विटरमा एक पोष्ट गरेका छन् । ‘अब धेरै ढिलो’ ट्विटरमा लेखेका छन् । सन्दीपले टि२० ब्लास्ट खेल्न ढिलो हुँदा छुट्ने डर हुँदा समयमानै भिसा दिन आग्रह गर्दै आएका थिए । (हाम्रो खेलकुद)

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया