असार २४, २०८२ मंगलबार July 8, 2025

विश्वकप छनोटः नेपाल र जोर्डनबीच आज प्रतिस्पर्धा हुँदैं

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः विश्वकप फुटबलको छनोट तथा सन् २०२३ को एसियन कप फुटबलको दोस्रो चरणको छनोट खेलमा नेपालले आज जोर्डनसँग प्रतिस्पर्धा गर्दैछ ।

कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तर्राष्ट्रिय स्टेडियममा हुने खेल नेपाली समयानुसार राति पौने १० बजे सुरु हुनेछ । जोर्डनविरुद्ध मैदान उत्रदा नेपाल स्पष्ट अंक जोड्ने लक्ष्यमा हुनेछ ।

टोलीमा नयाँ प्रशिक्षकको आगमनसंगै शैली फेरेको टोलीले जोर्डनविरुद्धको खेललाई अर्को परीक्षाको रुपमा लिएको छ । टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले जोर्डनविरुद्ध जितकै लागि मैदान उत्रने बताएका छन् ।

सोही मैदानमामा चाईनिज ताईपेईलाई २-० ले हराएको नेपाल उच्च मनोबलका साथ बलियो टोलीविरुद्ध मैदान उत्रनेछ । नेपाल ६ खेलमा ६ अंक जोडेर चौंथो स्थानमा छ भने एक खेल कम खेलेको जोर्डन १० अंकमा समुहको तेस्रो स्थानमा छ ।

नेपालले जोर्डनविरुद्ध हालसम्म तीन पटक खेलेको छ । जोर्डनविरुद्ध दुई खेल गुमाएको नेपालले एक खेलमा भने बराबरीमा रोकेको छ । विश्वकप छनोटको खेलको पहिलो लेगमा नेपाल जोर्डनसँग उसैको भूमिमा ३-० ले पराजित भएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया