काठमाडौंः विश्वकप छनोट र एसिया कपको अन्तर्गत दोस्रो चरणको छनोट खेलमा नेपाल जोर्डनसँग पराजित भएको छ ।
सोमबार भएको खेलमा नेपाल जोर्डनसँग ३-० गोल अन्तरले पराजित भएको हो । जावेर अल आहमद स्टेडियममा भएको खेलमा जोर्डनलाई जित दिलाउन बाहा फेजलले दुई गोल गरे । त्यस्तै एजान अल अरबले एक गोल गरे ।
खेलमा पहिलो हाफमा १–० गोलले पछि भएको नेपालले दोस्रो हाफमा दुई गोल खाएको थियो ।
जितसँगै जोर्डनले समूह ‘बी’को दोस्रो स्थानमा आफूलाई स्थापित गरेको छ । लिगमा ६ खेल खेलेको जोर्डनले १३ अंक जोडेको छ । शीर्ष स्थानको अष्ट्रेलियाको ५ खेलबाट १५ अंक छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया