श्रावण २५, २०८३ सोमबार August 10, 2026

सन्तोषीको हत्या गर्ने सुरेश तिमल्सिना पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः काठमाडौंको दक्षिणकालीमा मंगलवार बिहान मृतावस्थामा भेटिएकी महिला सन्तोषी सुब्बाको हत्या अभियोगमा एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।

सिन्धुपाल्चोक स्थायी ठेगाना भएका अभियुक्त सुरेश तिमल्सिनालाई बिहीवार प्रहरीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी गरेको छ । उनी दक्षिणकालीस्थित वर्कशपमा कार्यरत रहेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

दक्षिणकालीको बसपार्क नजिकै रहेको (प्रयोगमा नआएको) शौचालयमा सलले घाँटी कसेर ढुंगा वा केही गर्‍हौँ वस्तुले उनको अनुहार क्षतविक्षत पारिएको अवस्थामा शव भेटीएको थियो ।

सन्तोषीको पेट सुन्निएको अवस्थामा थियो ।

उनको शव भेटिए नजिकै झोला भेटिएको थियो । उक्त झोलामा सिक्री, टप र मेकअपका सामान, सेनिटाइजर भेटिएको थियो ।

सन्तोषी सुब्बा विभिन्न पशुपंछीको आवाज निकालेर युट्युबमा भाइरल थिइन् । चराचुरूङ्गी तथा जीवजन्तुको आवाज निकालेर उनी सामाजिक सञ्जालमा निकै चर्चित थिइन् । काठमाडौंको कालो पुलमा धनबहादुर तामाङले उनलाई धर्मछोरी बनाएर राखेका थिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सीमासम्बन्धी अभिव्यक्ति सच्याउन सांसदहरुको माग
२०८३ श्रावण २५, सोमबार
चीनमा टाइफुन डल्फिन आँधीका कारण १० लाख मान्छे बिस्थापित
२०८३ श्रावण २५, सोमबार
संवैधानिक निकायका पदाधिकारीहरुको पारिश्रामिक सम्बन्धी विधेयक बहुमतले स्वीकृत
२०८३ श्रावण २५, सोमबार
एसियाली आइटीएफ तेक्वान्दोमा शेखरलाई कास्य पदक
२०८३ श्रावण २५, सोमबार
सरकारका प्रवक्ता र सम्पादकबीच छलफल
२०८३ श्रावण २५, सोमबार
नेपाल स्काउट विघटन गर्ने सरकारको निर्णयमा सर्वोच्चको रोक
२०८३ श्रावण २५, सोमबार
आदिवासी जनजातिका आवाजलाई सञ्चारमाध्यमले स्थान दिनुपर्छः मन्त्री गौतम
२०८३ श्रावण २५, सोमबार