असोज १२, २०८३ सोमबार September 28, 2026

तपाईंको कम्प्युटरले विण्डोज ११ सपोर्ट गर्छ कि गर्दैन, यसरी थाहा पाउनुहोस्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः माइक्रोसफ्टले बिहीवार विण्डोज ११ को घोषणा गरेपछि कम्पनीले नयाँ अपरेटिङ सिस्टमका लागि न्यूनतम आवश्यकता समेत प्रकाशित गर्‍यो । दशकभन्दा लामो समयमा न्यूनतम आवश्यकता अगाडि सारिएको यो पहिलो पटक हो । यसको सहजताका लागि कम्पनीले एउटा एप ल्याएको छ, जसको नाम हो ‘पीसी हेल्थ’ ।

यसले तपाईंलाई तपाईंको कम्प्युटर विण्डोज ११ रन गर्नका लागि सक्षम छ कि छैन बताउनेछ । तर यसले त्यति प्रभावकारी जवाफ दिन सकिरहेको थिएन । धेरै प्रयोगकर्ताले आफू विण्डोज ११ मा अपग्रेड हुन नसक्ने जानकारी पाए । तर किन भन्ने प्रश्नको जवाफ भने स्पष्ट थिएन । किनभने पीसी हेल्थले त्यो स्तरको जानकारी दिइरहेको थिएन ।

तर अब भने यो एप अपडेट भएको छ र अब तपाईंलाई यसले के कारणले तपाईंको कम्प्युटर नयाँ अपरेटिङ सिस्टमका लागि अयोग्य छ भन्ने कुराको जानकारी दिनेछ । तपाईंको कम्प्युटर विण्डोज ११ का लागि योग्य नहुनुमा धेरै कारणहरु हुनसक्छन् । यसका लागि अनेकौं आवश्यकता शर्त राखिएका छन् ।

पहिलो कुरा यसका लागि तपाईंको कम्प्युटरमा दुई जीबीको र्‍यामको ठाउँमा चार जीबीको र्‍याम हुनुपर्छ । साथै ३२ जीबी स्टोरेजको स्थानमा ६४ जीबी चाहिन्छ । यसैगरी तपाईंको कम्प्युटरमा रोडब्लकको रुपमा २.० टीपीएम पनि आवश्यक पर्छ । त्यसैगरी सीपीयूको पूर्वशर्त समेत फेरिएको छ ।

३२ बिटको सीपीयू तथा सिङ्गल कोर सीपीयूले यसलाई सपोर्ट गर्न सक्दैन । यसको सिस्टम रिक्वायरमेन्ट पेजमा उल्लेख भएअनुसार तपाईंलाई नयाँ अपरेटिङ सिस्टमका लागि कम्तिमा दुई वा दुई भन्दा बढी कोर भएको एक गिगाहर्ज ६४ बिट सीपीयू आवश्यक पर्छ ।

यहाँ सीपीयू कम्प्याटिबिलिटी लिस्ट दिइएको छ, जसमा विण्डोज ११ लाई सपोर्ट गर्ने हरेक प्रोसेसरको बारेमा उल्लेख छन् । इन्टेलको ८ औं पुस्ताभन्दा पुराना प्रोसेसर यसमा छैनन् । यदि विण्डोज ११ आएसँगै तपाईंको कम्प्युटर पछाडि परेको वा पुरानो भएको ठान्नु भएको छ भने चिन्ता नलिनुहोस् ।

तपाईं अझै पनि विण्डोज १० मा जान सक्नुहुन्छ । विण्डोज १० मा अर्को वर्ष नयाँ अपडेट आउँदैछ । समग्रमा विण्डोज १० ले सन् २०२५ सम्म सपोर्ट गर्नेछ । यदि तपाईं आफ्नो कम्प्युटर विण्डोज ११ का लागि तयार छ कि छैन भन्ने थाहा पाउन र विण्डोजको प्रारम्भिक भर्सन प्रयोग गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् । -टेकपानाबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आज मंगलबार, कस्तो रहला तपाँइको दिन ? हेर्नुहोस् राशिफल
२०८३ असोज १३, मंगलबार
वन्यजन्तु अपराध नियन्त्रणका लागि पत्रकार र संरक्षणकर्मीबीच छलफल
२०८३ असोज १३, मंगलबार
कर्णाली प्रदेशसभा सदस्य शर्मा पदमुक्त
२०८३ असोज १३, मंगलबार
दक्षिण अफ्रिकाको लगातार दोस्रो जित, अस्ट्रेलियाविरुद्ध एक खेल अगावै सिरिज कब्जा
२०८३ असोज १३, मंगलबार
जापानमा जारी एसियाली खेलकुदमा १३ वर्षीया चिनियाँ पौडी खेलाडीको वर्चश्व
२०८३ असोज १३, मंगलबार
बाढीपहिरोले बेनी–जोमसोम–कोरला सडकका ४६ स्थानमा क्षति, सडक सञ्चालन हुन एक साता लाग्ने
२०८३ असोज १३, मंगलबार
प्रधान सेनापति ट्रफि शुभारम्भ
२०८३ असोज १२, सोमबार