काठमाडौँ : टिकटक संसारभर लोकप्रिय एपमध्येको एक हो । यसको लोकप्रियता नेपालमा पनि बढ्दो छ । धेरै जनाले यही माध्यमबाट आफ्नो प्रतिभा देखाउन पाएका छन् ।
मनोरञ्जन क्षेत्रमा समेत धेरै मोडलहरू यही प्ल्याटफर्ममार्फत् भित्रिएका छन् । दिन प्रतिदिन कलादेखि व्यवसायसम्मका प्रचारको माध्यम समेत बन्दैछ टिकटक ।
यहीबीच यसमा एउटा फिचरसमेत थपिएको छ । सुरुवातमा यसमा जम्मा १५ सेकेन्डको भिडिओ अपलोड गर्न मिल्थ्यो । तर लोकप्रियता बढेसँगै यसको समयावधि बढाएर एक मिनेट पुर्याइयो ।
पछिल्लो पटक भने ३ मिनेटसम्मको भिडिओ राख्ने सुविधा यसले दिएको छ । सामान्य मानिसको पहुँचमा समेत रहेको यो एपको बढेको समयले प्रयोगकर्ता खुसी छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया