असोज १२, २०८३ सोमबार September 28, 2026

ज्योति विकास बैंक र क्यानबीच सूचना प्रविधि प्रवर्द्धनको लागि सहकार्य गर्ने सम्झौता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः ज्योति विकास बैंक र कम्प्युटर एसोसिएसन नेपाल महासंघ(क्यान​) बीच देशका विभिन्न ठाँउमा डिजिटल सेवा र सूचना प्रविधि प्रवर्द्धनको लागि सहकार्य गर्ने सम्झौता भ​एको छ​।

दुई संस्थाले संयुक्त रुपमा देशका विभिन्न ठाँउमा डिजिटल सेवा र सूचना प्रविधिको प्रवर्द्धन, तालिम र सेवा विस्तार तथा कार्यान्वयनको लागि कार्यक्रमहरु सञ्चालनमा ल्याउने छन्।

शुक्रबार​ एक कार्यक्रमकाबीच ज्योति विकास बैंकका तर्फबाट बैंकका नायव प्रमुख कार्यकारी अधिकृत पारस राज कंडेल र क्यान​का तर्फबाट क्यान​का उपाध्यक्ष रञ्जित कुमार पोदरले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको थियो।

साथै सम्झौता अनुसार ज्योति विकास बैंकले क्यानमा आबद्ध व्यवसायीहरु तथा त्यस्ता संस्थामा कार्यरत कर्मचारीहरुलाई विशेष छुटमा प्रोफेसनल लोन, १५ लाख रुपैयाँ सम्मको बिना धितो सहुलियतपूर्ण कर्जा, साना तथा मझौला कर्जा प्रदान गर्नुका साथै क्यान अन्तर्गतका व्यवसायीहरुलाई डिजिटल बैंकिंग सेवाहरु प्रदान गर्नेछ।

ज्योति विकास बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६१ वटा एटिएममार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आज मंगलबार, कस्तो रहला तपाँइको दिन ? हेर्नुहोस् राशिफल
२०८३ असोज १३, मंगलबार
वन्यजन्तु अपराध नियन्त्रणका लागि पत्रकार र संरक्षणकर्मीबीच छलफल
२०८३ असोज १३, मंगलबार
कर्णाली प्रदेशसभा सदस्य शर्मा पदमुक्त
२०८३ असोज १३, मंगलबार
दक्षिण अफ्रिकाको लगातार दोस्रो जित, अस्ट्रेलियाविरुद्ध एक खेल अगावै सिरिज कब्जा
२०८३ असोज १३, मंगलबार
जापानमा जारी एसियाली खेलकुदमा १३ वर्षीया चिनियाँ पौडी खेलाडीको वर्चश्व
२०८३ असोज १३, मंगलबार
बाढीपहिरोले बेनी–जोमसोम–कोरला सडकका ४६ स्थानमा क्षति, सडक सञ्चालन हुन एक साता लाग्ने
२०८३ असोज १३, मंगलबार
प्रधान सेनापति ट्रफि शुभारम्भ
२०८३ असोज १२, सोमबार