श्रावण १५, २०८३ शुक्रबार July 31, 2026

गीतकार डा. प्रकाश पौडेलको ‘फूलकुमारी’मा पल र श्री पाण्डेको रोमान्स (भिडियो सहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः चर्चित नायक पल शाह र समाचार वाचिका श्री पाण्डे अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।

डा.प्रकाश पौडेलको शब्द र राजनराज सिवाकोटीको स्वर र संगीत रहेको ‘फूलकुमारी’ गीतको म्युजिक भिडियोमा मोडेल श्री पाण्डे र नायक पल शाहले अनस्क्रीन रोमान्स गरेका छन् ।

गीतको भिडियोमा काठमाडौ उपत्यका आसपासका रमणीय ठाउहरुलाइ समेटिएर छायांकन गरिएको छ । उत्सव दाहालको क्यामेरा, विकास दाहालको सम्पादन रहेको फूलकुमारीलाइ ‘ट्वान्टीवान लभ’, ‘यु एन आई’ जस्ता सफल सिरिजका निर्देशक सरिन पोखरेलले निर्देशन गरेका हुन् ।

विगत १७ वर्षदेखि नेपाली गीत संगीतको क्षेत्रमा सक्रिय म्युजिक कम्पनी एसियन म्युजिक कम्पनीले भिडियोको बजार व्यवस्थापनको जिम्मा लिएको छ । गीतलाई युट्युब लगायत संसारभर ७० वटा डिजिटल प्लेटफर्म एकैपटक सार्वजनिक गरिएको एसियन म्युजिक कम्पनीका प्रमुख निर्देशक ईश्वर गुरुङले जानकारी दिए ।

पेसाले चिकित्सक रहेका डा.प्रकाश पौडेलले विगत केही वर्षदेखि नेपाली सांगीतिक क्षेत्रमा सफल गीतकारको परिचय बनाइसकेका छन् ।

भिडियोमा हेर्नुहोसः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया