मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

विदुर नगरपालिकाको कार्यालयमा वडाध्यक्षहरूबाटै तोडफोड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः नुवाकोटको विदुर नगपालिकामार्फत सञ्चालित ‘सुन्तला जात फलफूल पकेट विकास कार्यक्रम’ मा अनियमितता भएको भन्दै वडाध्यक्षहरूबाटै नगरपालिकामा तोडफोड गरिएको छ।

नेकपा (एमाले)बाट निर्वाचन नगरप्रमुख सञ्जु पण्डितको सिफारिसमा वडा नं १३ मा सञ्चालित ‘पकेट विकास कार्यक्रम’मा तोकिएअनुसार सुन्तला र कागतीको बिरुवा वितरण नभएको पाइए पनि बजेट भुक्तानी गरेको विरोधमा कांग्रेस समर्थित ६ जना वडाध्यक्षको नेतृत्वमा नगरपालिकामा तोडफोड गरिएको हो।

ढुंगा प्रहारबाट नगरपालिकाको झ्यालका सिसा, विद्युतीय सूचना बोर्डलगायत बाहिरी संरचनासमेत गरेर एक लाख बराबरको क्षति पुगेको नगरपालिकाले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

नगरपालिका तोडफोडका क्रममा भएको झडपमा दुई जना प्रहरीसहित चारजना घाइते भएका छन्। पकेट विकास कार्यक्रमका लागि बिनाप्रतिस्पर्धा नेकपा एमालेबाट १३ नंं का वडाध्यक्षमा पराजित नानीकाजी खड्का अध्यक्ष रहेको ‘कल्याणपुर कृषि सुधार बहुउद्देश्य सहकारी’ मार्फत काम गरेको, फर्जी कागज बनाएर १३ लाख बजेटबाट पहिलो चरणमा साउन १४ मा ६ लाख ९८ हजार भुक्तानी दिएकाले विरोध गर्नुपरेको वडाध्यल दलबहादुर तामाङले बताए।

पकेट कार्यक्रममा अनियमितता भएको उजुरी दिँदासमेत बजेट भुक्तानी भएपछि त्यसको जानकारी माग गर्न आउँदा प्रहरीबाट धरपकड भएकाले झडपको अवस्था आउनु दुःखद अवस्था सिर्जना भएको उनको भनाइ छ।

सुन्तला जात फलफूल पकेट विकास कार्यक्रमका लागि १३ लाखको कार्यक्रममा तोकिएको संख्याभन्दा निकै कम बिरुवा वितरण भएकाले रकम भुक्तानी नहुने बताए पनि भएको कामका आधारमा एवं स्थलगत मूल्यांकनमार्फत भुक्तानी दिइएको प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासिनीले जानकारी दिए।

उक्त कार्यक्रमको सम्बन्धमा यसअघि कामको प्रभावकारी नभएको उजुरी परेकाले स्थलगत छानबिनमा कैफियत पाइएसँगै बजेट भुक्तानी रोकिँदै आएको थियो। रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
२०२७ विश्वकप छनोटको ढाँचा फेरियो, नेपालमा हुने प्लेअफबाट चार टोली छानिने
२०८३ मंग्सिर १, मंगलबार
यमनमा हुथी विद्रोहीद्वारा ६०० बन्दी रिहा, मिसाइल आक्रमणमा १७ जनाको मृत्यु
२०८३ मंग्सिर १, मंगलबार
एमाले स्थायी कमिटी बैठक आज बस्दै
२०८३ मंग्सिर १, मंगलबार
बागमतीलाई ९ गोलले हराउँदै आर्मी महिला गोल्डकपको सेमिफाइनलमा
२०८३ मंग्सिर १, मंगलबार
इरानले अमेरिकामा ‘डर्टी बम’ हमलाको योजना बनाएको आशङ्का
२०८३ मंग्सिर १, मंगलबार
तनहुँमा वन अतिक्रमण हटाएर चार सय टिमुरका बिरुवा रोपियो
२०८३ मंग्सिर १, मंगलबार
राष्ट्रिय खेलकुदका लागि सुदूरपश्चिमका २१ कराते खेलाडी तयार
२०८३ मंग्सिर १, मंगलबार