मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

काँग्रेस उपसभापति निधि र युरोपियन युनियनका राजदूत डिप्रेजबीच भेटवार्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिसँग नेपालका लागि युरोपियन युनियनका राजदूत नोना डिप्रेजले शिष्टाचार भेट गर्नुभएको छ । उपसभापति निधिको निवास नयाँ बानेश्वरमा आज भएको भेटमा राजदूत डिप्रेजले नेपालमा कोरोना महामारी नियन्त्रणमा इयूका तर्फबाट आवश्यक सहयोग गर्ने बताउनुभएको थियो ।

उहाँले प्रदेश नं २, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको विकासमा आफूहरूले सहयोग गर्ने बताउनुभएको उपसभापति निधिका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिनुभयो । सो अवसरमा उहाँले बैकल्पिक ऊर्जा, जलवायु परिवर्तन, लैङ्गिक समानतालगायत क्षेत्रमा इयूले गर्न चाहेको सहयोगबारे पनि उपसभापति निधिसँग छलफल गर्नुभएको थियो ।

भेटमा उपसभापति निधिले नेपालको विकासमा इयूले गर्दै आएको सहयोगका लागि आभार व्यक्त गर्दै थप सहयोग गर्न राखेको रुचिका लागि धन्यवाद दिनुभएको थियो ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
२०२७ विश्वकप छनोटको ढाँचा फेरियो, नेपालमा हुने प्लेअफबाट चार टोली छानिने
२०८३ मंग्सिर १, मंगलबार
यमनमा हुथी विद्रोहीद्वारा ६०० बन्दी रिहा, मिसाइल आक्रमणमा १७ जनाको मृत्यु
२०८३ मंग्सिर १, मंगलबार
एमाले स्थायी कमिटी बैठक आज बस्दै
२०८३ मंग्सिर १, मंगलबार
बागमतीलाई ९ गोलले हराउँदै आर्मी महिला गोल्डकपको सेमिफाइनलमा
२०८३ मंग्सिर १, मंगलबार
इरानले अमेरिकामा ‘डर्टी बम’ हमलाको योजना बनाएको आशङ्का
२०८३ मंग्सिर १, मंगलबार
तनहुँमा वन अतिक्रमण हटाएर चार सय टिमुरका बिरुवा रोपियो
२०८३ मंग्सिर १, मंगलबार
राष्ट्रिय खेलकुदका लागि सुदूरपश्चिमका २१ कराते खेलाडी तयार
२०८३ मंग्सिर १, मंगलबार