काठमाडौंः प्रधानमन्त्री शेरबहादुर देउवाले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्न निर्देशन दिनुभएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भूसाललाई मंगलबार बालुवाटारमा बोलाएर प्रधानमन्त्री देउवाले घिसिङलाई नियुक्त गर्न निर्देशन दिनुभएको हो ।
घिसिङको अघिल्लो कार्यकालमा नेपालमा लोडसेडिङ हटेको थियो । घिसिङको कार्यकाल सकिएपछि अघिल्लो सरकारले प्राधिकरणमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया