असार २३, २०८२ सोमबार July 7, 2025

७ उपसचिवको बढुवा, ३७ रिक्त सहसचिव पद पूर्ति

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । सहसचिवको अघिल्लो बढुवामा नपरेका सात उपसचिव सर्वोच्च अदालतको आदेशपछि सहसचिवमा बढुवा भएका छन् । त्यस्तै, अन्य ३७ सहसचिव पनि ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा बढुवा भएका छन् ।

तत्कालीन राजप्रासाद सेवाका सात जना उपसचिवहरुलाई अघिल्लो बढुवा सूचनामा बढुवा समितिले समावेश गरेको थिएन । आफूहरुलाई अन्याय भएको भन्दै तत्कालीन राजप्रासाद सेवाका उपसचिवहरू रूद्रनाथ देवकोटा, गौलोचन सैंजू, सुशील श्रेष्ठ, रामभक्त श्रेष्ठ, अद्वेतप्रकाश श्रेष्ठ, अमृतमान श्रेष्ठ र विनु बज्राचार्य कुँवर सर्वोच्च पुगेका थिए ।

सर्वोच्चले सातै उपसचिवको पक्षमा फैसला गर्दै बढुवामा समेट्नुपर्ने फैसला गरेको थियो । सर्वोच्चको फैसलापछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूची सच्याएको हो ।

राजदबारमा कार्यरत कर्मचारीहरु राजप्रासाद सेवामा थिए । नेपालमा राजतन्त्र अन्त्यपछि २०६४ सालदेखि निजामती सेवा ऐनअन्तर्गत विशेष सेवा खडा गरी ती कर्मचारीहरुलाई समाहित गरिएको थियो ।

बढुवाका प्रावधान एक वर्षपछि मात्रै लागू हुने भन्दै राजप्रासाद सेवाका कर्मचारीहरुलाई अघिल्लो पटक प्रकाशित बढुवाको सूचीमा बढुवा समितिले समावेश गरेकोे थिएन । उनीहरुले भने आफूहरुको सेवा नै परिवर्तन भएकाले बढुवाको प्रावधान तत्काल लागू हुनुपर्छ भन्दै सर्वोच्च गएका थिए ।

३७ रिक्त सहसचिव पद पूर्ति

यसैगरी, लोक सेवा आयोगले निजामती सेवाका रिक्त ३७ सहसचिवको पदपूर्ति पनि बढुवाबाट गरेको छ ।

बढुवा समितिले ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा नेपाल प्रशासन सेवाअन्तर्गतका ३७ उपसचिवको सोमबार सहसचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।

उपसचिवबाट सहसचिवमा बढुवा हुनेमा उपेन्द्रकुमार खनालदेखि कृष्णप्रसाद धितालसम्म छन् ।

हेर्नुहोस् नामावली

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार